२०७७ कात्तिक ५, बुधबार

img-responsive

०८:१७:२४

 

जारी आइपिएलमा मुम्बईको दोश्रो जित, पन्जाव ४८ रन अन्तरले हा-यो

img-responsive
गोठालो खबर -२ २०७७ असाेज १६, शुक्रबार,०९:१६:AM  
img-responsive

१६ असोज, काठमाण्डौ। भारतको क्रिकेट क्लबहरु बीच दुबईमा चलिरहेको  इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएरातिको खेल मुम्बई इन्डियन्स  र किंग्स इलाभेन पन्जाब बीच भएको थियो। सो खेलमा साविक बिजेता  मुम्बई इन्डियन्सले किंग्स इलाभेन पन्जाबलाई ४८ रनको फराकिलो अन्तरले हराएको छ । साविक बिजेता अम्वानी ग्रुपको टिम मुम्बईले दिएको १९२ रनको लक्ष्य प्रिती जिन्टाको पन्जाबको टोलीले पछ्याउन नसक्दा ८ विकेटको  हारको सामना गर्न पुग्यो।  मुम्बईले ४ विकेट को क्षतिमा १९२ रन बनाउदा पन्जावले ८ विकेट क्षतिमा १४३ रन मात्र बनाउन सक्यो ।

टस हारेर ब्याटिंगको निम्तो पाएको मुम्बईको सुरुवाती ओभर खराब रहयो। ओपनर ब्याट्सम्यान क्विन्टन डिकक शून्य रनमा आउट भए।त्यसपछि आएका सूर्यकुमार यादव पनि ७ बलमा १० रन बनाएर आउट भएपछि मुम्बईको पारी खराब रहयो। कप्तान रोहित शर्माले सबैभन्दा धेरै ४५ बलमा ७० रन योगदान गरे । क्रिजमा आएका इशान किसन ३२ बलमा २८ रन बनाएर आउट हुदा मुम्बईको स्कोर तीन विकेटको क्षतिमा ८७ रन थियो जुनसमय १४ औं ओभर समाप्त भईसकेको थियो। 

इशान किसनपछि ब्याटिङ गर्न केरोन पोलार्ड आएसँगै मुम्बईको रनको रफ्तार बढेको थियो। रोहित शर्मा, केरोन पोलार्ड र हार्दिक पाण्डयाले मुम्बईको इनिङ्गलाइ सम्हाले। पाण्ड्याले नटआउट ३० रन बनाए भने केरोन पोलार्ड अर्धशतक बनाउन ३ रनले चुके । 

पन्जाबका लागि निकोलस पुरनले सर्वाधिक ४४ रन बनाएपनि अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन। केएल राहुलले १७, मयंक अग्रवालले २५ र ग्लेन म्याक्सवेलले ११ रन बनाए  भने करन नैर खाता नखोली आउट भए।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com