२०७७ कात्तिक १५, शनिबार

img-responsive

०९:५२:५१

 

विप्लब समुहका सगरमाथा ब्युरो संयोजकद्धारा पार्टी परित्याग

img-responsive
वाई राज विष्ट , २०७७ असाेज १५, बिहीबार,०५:२५:PM  
img-responsive

भोजपुर, १५ असोज 

नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका भोजपुर जिल्ला कमिटि सदस्य तथा सगरमाथा ब्युरो संयोजक प्रकाश गुरुङले पार्टी परित्याग गर्नु भएको छ ।

उहाँले आज एक विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गर्नु भएको हो  । पार्टीको विधान कार्यदिशा वैज्ञानीक समाजवाद रहेपनि धेरै नेताहरु पार्टी भित्र आफ्नो स्वार्थमा लाग्ने र इमान्दार कार्यकर्तालाई धोका दिएकाले आफु पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको विज्ञप्ती मार्फत गुरुङले उल्लेख गर्नु भएको छ ।

उहाँले अबका दिनमा समाजलाई अराजकता तिर नभई सु–संस्कुत र सभ्य बनाउने तर्फ लागी पर्ने          बताउनु भयो । षडानन्द नगरपालिका वडा नम्बर २ कुदाकाउले स्थायी घर भई गुरुङ  विगत लामो समय देखि  जिल्ला कमिटि सदस्य, युवा संगठन नेपलका केन्द्रिय सदस्य तथा सगरमाथा ब्युरो संयोजक रहि पार्टीका विभिन्न काम गर्दै आउनु भएको थियो ।  साथै उहाँले विप्लव नेतृत्वको पार्टी परित्याग गरेसंगै नेपाल कम्यूनिष्ट पार्टी नेकपामा प्रवेश गरेको पनि घोषण गर्नु भएको छ । उहाँले नेकपाको सिद्धान्तलाई  आत्मासाथ गर्दै  पार्टी  प्रवेश गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com