२०७७ कात्तिक १५, शनिबार

img-responsive

१०:०६:५२

 

बास्तबिक कृषकसम्म पुग्दैन ‘राज्यको अनुदान’

img-responsive
वाई राज विष्ट , २०७७ असाेज १५, बिहीबार,०१:४२:PM  
img-responsive

भोजपुर, १५ असोज । 
पछिल्लो समय भोजपुरका युवाहरुको कृषि व्यवसाय तिर लाग्ने मोह बढेको छ । तर पहुँचका आधारमा स्थानीय तह तथा अन्य सरकारी निकायले अनुदान वितरण गर्दा बास्तविक कृषक मारमा छन् । 

भोजपुर नगरपालिका –४ सिद्धेश्वर दाँवाका २२ वर्षीय युवा गणेश विष्टले इलामबाट उन्नत जातको गाई ल्याएर रु.१२ लाख बढी लागतमा गाईपालन ब्यवसाय गर्दै आएका छन् । उनले फर्मबाट दैनिक ५० लिटर बढी दुध उत्पादन भईरहेको छ । ४ वर्ष अघिबाट कृषि व्यवसाय गरिरहेको भएपनि हालसम्म कुनै प्रकारको राज्यको सहयोग नपाएको उनको गुनासो छ । 

कृषक विष्टले भने,‘ विदेश जानु भन्दा केहि गर्छु भनेर इलामबाट ल्याएर निकै ठुलो लगानी गरेर उन्नत जातको गाईपालन गरिरहेको छु, वडा तथा अन्य कार्यालयमा धाउदा पनि कुनै सहयोग मिलेन, अहिले गोठ सुधारको काम गर्न पैसा अभाव भएर बाँस ओछ्यार गाईलाई राखेको छु । मलाई गाई मर्ने चिन्ताले पिरोल्छ । के गर्नु राज्यको सहयोग लिनपनि पहुँच नै पुग्दैन ।’

करीब ८०० मिटर कच्चीबाटो मर्मतमा वडा कार्यालयले ध्यान नदिँदा उहाँलाई दुध बिक्रीका लागि सदरमुकामसम्म पुग्न सास्ती हुने गरेको छ । उनले जोखिम मोलेर बाइकमा दुध बोक्दै आउनु भएको छ ।‘‘ बाटो राम्रो छैन्, दुध विक्रीका लागि हिमाल्य सडकमा जोखिम मोलर सदरमुकाम लानु पर्छ, वडा कार्यालयमा बाटो मर्मतको लागि भन्दा पनि काम भएन, एक किलोमिटरसम्म दुधको क्यानलाई काँधमा बोकेर सडक राम्रो भएको ठाउँसम्म लैजानु पर्छ। व्यवसाय गर्छु भनेर के गर्नु दुःख धेरै छ ।’’ कृषक विष्टले भने । 

उनले सञ्चालन गरिरहेको दाँवाली पशुपन्छी तथा कृषि फर्ममा भैसी, बाख्रा तथा कुखुरासमेत रहेका छन् । फर्ममा उनका बुवा तथा अन्य परिवारका सदस्यले पनि सहयोग गर्दैै आएका छन् । आफ्नै ठाउँमा स्वरोजगार बन्नको लागि व्यवसायिक रुपमा काम गरेको भएपनि सरकारको साथ नपाउदा व्यवसाय धरासायी बन्दै गएको उनका बुवा एकेन्द्र बहादुर विष्टले बताए । 

‘रकम अभावमा छ, दुध विक्रीबाट आएको पैसाले गाईलाई चोकर र औषधी किन्दा नै ठिक्क हुन्छ । कारण ठुलो लगानी गरेर बाहिरबाट ल्याएका गाई बचाउन चिन्ता भएको बताउने गरेका छन् ।’ कृषक एकेन्द्रले भने ।

जिल्लाका अधिकांश स्थानीय तह तथा सरकारका अन्य विभिन्न निकायबाट विभिन्न खाले अनुदानका कार्यक्रम सञ्चालन हुने गरेपनि पहुँचवालाले मात्र यस्तो सुविधा पाउने गरेका बास्तविक कृषकले बताउँदै आएका छन् । 

माथि फोटो : कृषक गणेश विष्टले रकम अभावले गोठसुधार गर्न नसक्दा बाँस ओछ्यार बनाएको गोठ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com