२०७७ माघ १५, बिहीबार
०९:१९:५९
काठमाडौं, १३ असोज। नेपालमा कोरोना भाइरसका आज १५ सय १३ जना संक्रमित थपिएका छन् । १० हजार ८ सय ९१ जनाको पिसीआर परिक्षणमा १५ सय १३ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी डा. जागेश्वर गौतमले दिएका हुन् ।
काठमाडौं उपत्यकामा ९३४ थपिएका मध्ये काठमाडौंका ७४७ जना र ललितपुरका ११४ जना र भक्तपुरका ७३ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ७६ हजार २ सय ५८ पुगेको छ ।
आज संक्रिय संक्रमितको सख्या २० हजार ३ सय ९६ रहेको छ । आज १० जनाको निधन भएसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ४९१ पुगेको छ ।
आजसम्म ५५ हजार ३ सय ७१ जना संक्रमणमुक्त भएका छन् । आज ७३१ जना संक्रमणमुक्त भएको डा।गौतमले जानकारी दिए ।