२०७७ कात्तिक ५, बुधबार

img-responsive

०८:२१:२६

 

निर्धन उत्थान द्वारा आर्थिक सहयोग

img-responsive
अब्दुल समाद , २०७७ असाेज १२, साेमबार,०६:०६:PM  
img-responsive

बारा, १२ गते सोमबार। निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय सिम्रौनगढ बाराले आफ्नो बित्तिय संस्था संग बिमा कारोबार गरेका आदर्श कोतवाल गाउँपालिका वार्ड नं. २ खजुरियाका तारावती देबी कोइरिनलाई बिमा रकम मृत्युपोरान्त मृत्यु दाबी भुक्तानी गरेको छ ।

बिगत २० बर्ष देखि ग्रामिण क्षेत्रमा महिलाहरुलाई आत्म निर्भर बनाउन आय आर्जन तथा ब्यापार ब्यबसायमा लगानी गर्नमा उत्प्रेरित गर्न समूह जमानीमा लघु कर्जा उपलब्ध गराउदै आएको निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेड  सिम्रौनगढ शाखाले आदर्श कोतवाल गाउँपालिका वार्ड नं. २ खजुरियामा संचालन गर्दै आएको खजुरिया महिला समूहका सदस्य स्वर्गिय तारावती देबी कोइरिनका श्रीमान प्रेम प्रसाद कोइरिलाई आदर्श कोतवाल गाउँपालिका मेयर श्री मुस्तफा अन्सारीले एक कार्यक्रमका बिच हस्तान्तरण गर्नु भएको छ ।

खजुरिया महिला समूहका सदस्य तारावती देबी कोइरिनले २०७६ बैशाख  १७ मा समूह जमानीमा निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लि. सिम्रौनगढबाट बिना धितो २ लाख रुपैया लिएको कर्जाको रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेड संगको बिमा सम्झौता अनुरुप २ लाख ६० हजार रुपैया स्वर्गिय तारावती देबी कोइरिनका श्रीमान प्रेम प्रसाद कोइरिलाई भुक्तानी दिइएको हो । बिगत २०६० साल  असोज १ देखि नियमित रुपमा निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेड, सिम्रौनगढ शाखा संग कारोबार गर्दै आउनु भएकी तारावती देबी कोइरिनको गत अषाढ २० गते निधन भएको थियो ।

बिमा रकम प्रदान गर्दै आदर्श कोतवाल गाउँपालिका मेयर श्री मुस्तफा अन्सारीले   जिबन बिमाले अकल्पनिय रुपमा हुने दुर्घनालाई रोक्न त सक्दैन तर दुर्घटनाबाट हुने मानबिय क्षतिको जिम्मेवारी लिने भएकोले सबैले अनिवार्य रुपमा जिवन बिमा गर्नु पर्ने बताउदै निर्धन उत्थान लघुबित्त बित्तिय सन्स्था लिमिटेड,शाखा कार्यालय सिम्रौनगढले अझै बढी जनता माझ सेवा प्रदान गरि प्रगति गर्दै जावोस भनी कामनाका साथ आदर्श कोतवाल गाउँपालिका सधै सहयोग गर्न त्यार रहेको बताउनु भएको छ ।

यसै गरि निर्धन उत्थान सदैब धन नभएका तर केही गर्छु भनि मनमा योजना र सोंच भएका बिपन्न परिवारको सारथी बन्दै आइरहेको बताउदै निर्धन उत्थान लघुबित्त बित्तिय सन्स्था लिमिटेड,शाखा कार्यालय सिम्रौनगढका शाखा प्रमुख श्री हसमुदीन मियाले  निर्धनको मुख्य उद्धेश्य भनेको आर्थिक अभावका कारण आय आर्जनका लागि कुनै बयापार ब्यबसाय गर्न नसकेका बिपन्न तथा गरिब घर परिवारलाई महिलाहरुको सामुहिक जामनीमा ऋण दिने र समूह र केन्द्रको प्रतक्ष्य निगरानीमा लगानीको सही सदुपयोग भए नभएको अनुगमन गर्दै आएको बताउदै निर्धन  उत्थान लघुबित्त बित्तिय संस्था लि।मर्दा र पर्दा अर्थात सुख र दुख को साथी भएको बताउनु भएको छ। यसै गरि आदर्श कोतवाल गाउँपालिका वार्ड नं. २ खजुरियाका वडा अध्यक्ष श्री बिनोद राउत कुर्मिले  लघु बित्त कर्जाबाट लिएको रकमलाई सही ठाउमा लगानी गर्न सके कुनै पनि सदस्यको आर्थिक रुपमा प्रगति हुने बताउदै ऋण लिने भनेको ब्यापार ब्यबसाय तथा लघु उधम जस्ता कार्यहरुमा लगानी गर्न आर्थिक अभाव भएको बेला हो । ऋण पाइयो भन्दै जथाभाबी नलिएर चाहिएको बेला चाहिएको ऋण लिएर आवस्यक ठाउँमा उपयोग गर्न सके मात्र आर्थिक रुपमा र सामाजिक रुपमा प्रगती गर्न सकिने बताउनु भएको छ ।

कार्यक्रममा आदर्श कोतवाल गाउँपालिका मेयर श्री मुस्तफा अन्सारी ,खजुरिया महिला समूहकी केन्द्र प्रमुख रन्जना देबी, आदर्श कोतवाल गाउँपालिका वार्ड नं. २ खजुरियाका वडा अध्यक्ष श्री बिनोद राउत कुर्मि, स्वर्गिय तारावती देबी कोइरिनकी श्रीमान प्रेम प्रसाद कोइरि लगायतले बोल्नु भएको कार्यक्रममा सहायक कर्मचारी राम कुमार यादवको संचालन र खजुरिया महिला समूहकी केन्द्र सदस्य जयमन्ती देवीको सभापतित्वमा आदर्श कोतवाल गाउँपालिका वार्ड नं. २ खजुरियामा  कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com