२०७७ कात्तिक १२, बुधबार

img-responsive

११:४३:४२

 

जिल्लाका मातहतमा बिओपी लाई मानवीय सेवामा जुट्न एसपी अधिकारीको निर्देशन 

img-responsive
अब्दुल समाद , २०७७ असाेज १०, शनिबार,१२:२७:PM  
img-responsive

नवलपरासी, १० असोज।  पश्चिम् नवलपरासी सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गण प्रमुख  एसपी महेश अधिकारीले लगातार अविरल बर्षा कारण जिल्ला बासिको जीवनस्तर कष्टकर बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै जिल्ला मातहत बिओपी युनिट इन्चार्जहरु बाढीबाट प्रभावित नागरिकहरुलाइ उद्धार गर्न निर्देशन दिनु भएको छ। 

जनताको रक्षाका लागि सदैव तयार रहेको सशस्त्र प्रहरी र जब-जब जनता माथि संकट आएको छ, तब-तब सशस्त्र प्रहरी फ्रन्टलाईनमा खटिएर नागरिक उद्धार गर्दै आएको छ। त्यसैगरी एसपी अधिकारी कै निर्देशनमा सशस्त्र प्रहरीबल बिओपि भुजहवाले जनताको दुखमा साथ दिदै ५ अस्थायी घर निर्माण सशस्त्र प्रहरी बल बिओपि इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चन्द नेतृत्वमा सशस्त्र प्रहरी भुजहवाले जनताको दुखमा साथ दिदै विस्थापित ५ अस्थायी घर निर्माण गरि हस्तान्तरण गरेको छ। नवलपरासीको सरावल गाउँपालिका स्थित बुडन्तवापुरमा ४ स्थायी घर तथा १ वटा भटवलियामा निर्माण गरि बस्नमा सहजता प्रदान गरेको हो। तीन दिनदेखि परेको बर्षाका कारण नवलपरासीको विभिन्न स्थानहरु जलमग्न भएका छन् ।

सरावल गाउँपालिका वडा नं. ५, ६, ७ र पाल्हीनन्दन गाउँपालिका–१ शंकरपुर सहित आसपासको क्षेत्र बर्षाका कारण जलमग्न भएको छ। वर्षातको पानीले निकास नपाउँदा गाउँ डुबानमा परेका हुन्। तीन दिनदेखि परेक बर्षाका कारण सो क्षेत्र डुबान हुँदा मानिसहरुको दैनिकी समेत प्रभावित बनेको छ । पानीको सहज निकास नहुँदा घर तथा पसलहरु डुबेका हुन् । सडकमा पानी जम्मा हुँदा आवत–जावत गर्नसमेत कठिनाई भएको छ। डुवानका कारण सरावल गाउँपालिका वडा नं. ५ ,६ र ७ खडौना ,मधवलिया, नौडिहवा, भुजहवा, गडौरी कुर्थावल, पुसौलि गरि ३० घर विस्थापित तथा पाल्हिनन्दन गाउँपालिका १ शंकरपुरमा करिब १५ घरहरुमा पानी पसेको छ भने शंकरपुरको पप्पु चौधरीको घर भत्केको स्थानीय धनपाल चौधरीले जानकारी दिनुभएको छ। घरभित्र पानी पस्दा अन्नपात, लत्ताकपडा भिजेका छन् भने धारा पानिमा डुबेको हुनाले धमिलो पानी आउने तथा फोहोर पानीको कारणले गर्दा शरीरमा संक्रमणहरु देखिने गरेको स्थानीयले जानकारी दिएका छन । अहिले सम्म कुनै मानवीय क्षति नभए पनि पशु चौपायामा भने ठुलो क्षति भएको छ । 

विस्थापित घर परिवारलाई छिमेकी तथा सार्वजनिक स्थानमा सुरक्षीत साथ राखिएको र क्षतीको विवरण संकलन गर्न कार्य भैरहेको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com