२०७७ कात्तिक १२, बुधबार

img-responsive

१०:३६:२५

 

गजल: आज तिम्रो बिहेको दिन...

img-responsive
सुवास विभास , २०७७ असाेज ९, शुक्रबार,०९:३७:AM  
img-responsive

गजल-१
आज तिम्रो बिहेको दिन....।

आज तिम्रो बिहेको दिन
मैले नशा पिएको दिन
तिम्रोलागि त खुसी खुसी 
म दुःखमा जिएको दिन
याद भयो आज फेरि नि
तिमीले औँठी दिएको दिन
सुस्ताएछु बेहोसी छु म
आफ्नै मुटु सिएको दिन ।

गजल-२

ठाउँ देऊ तिम्रो दिलमा छिर्न मन लाग्यो
मुना मदन प्रेम जोडी भिर्न मन लाग्यो
तिमीले हिँड्ने पदको टिका लगाउँदै
दरिला यी तिम्रा पाउमा गिर्न मन लाग्यो 
दिलका सारा भावहरू खोले कसो होला
तिम्रो ओठको मौनतालाई चिर्न मन लाग्यो
आऊ गाँसौँ नाता समझदारी भए देखि
तिमीले लाको गुणलाई तिर्न मन लाग्यो ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com