२०७७ कात्तिक १५, शनिबार

img-responsive

१०:०६:२३

 

"२०७७ साल असोज" महिनाको राशिफल

img-responsive
गोठालो खबर -३ २०७७ असाेज ८, बिहीबार,०५:४६:PM  
img-responsive

 

मेष-मुद्दामामिला र वैरीमाथी बिजय प्राप्ती। हिड्डुल, यात्रा, नयाँँ ठाउँँको भ्रमणबाट मन प्रफुल्ल हुने, अर्थोपार्जन पनि। पतिपत्नी बिच भने मतभेद बढ्ने र कलह बढी हुने भएकोले यस बिषयमा आत्मसंयमि हुनु।

वृष-सन्तानलाई अंश दिनुपर्ने, घरजग्गा बेचबिखन नयाँ ठाउँको बसाइ, पहिलाको व्यवसायलाई थाती राख्दै नयाँ व्यवसाय शुरुवात गर्न शुभ महिना। चोटपटक लाग्ने भएकोले हिड्दुल गर्दा पनि होसियारी हुनु।

मिथुन-आमा, मित्र र भाइ बहिनिबाट आँट हौसला बढ्ने। साझेदारी कामबाट लाभ हुने। जोडघट(गणितीय कार्य र अरुलाई अर्तिउपदेश दिनमा धेरै समय बित्ने। राजनीति र नोकरीबाट सन्तोषजनक उन्नति नहुने।

कर्कट-पढाइ, लेखाइमा दोधारे मन हुने। नयाँ कपडा नयाँ वस्तुको उपभोग गर्न पाउने। दाजुसँग, दिदिभिनाजुसँग आर्थिक कारोबारको कारण मनमुटाब बढ्ने। स्थानपरिवर्तनका गतिबिधीहरुमा सफलता मिल्ने। रोगको त्रास र शरीर केहि कमजोरी हुने भएकोले सन्तुलित आहारमा ध्यान दिनु।

सिंह-कामको खटाई धेरै भए पनि आम्दानी कम हुने। नाता-कुतुम्बको रेखदेखमा समय र आर्थिक सम्पत्तिको खर्च बढी हुने भएकोले विचार पुर्याएर व्यवहार गर्नु। संतानोत्पादनमा सकारात्मक समय आएको छ। आखाँ सम्बन्धि र छालासम्बन्धी रोगको यसै महिनाबाट शुरुहुने सम्भाव्यता भएकोले वेलैमा जचाएर उपचार गर्नुहोला।

कन्या-आफ्नो निबासमा साथीको घरमा बसाइ बढी हुने सथिहरुसंग विचारको सम्प्रेषण गर्न पाइने। घरमा बस्न मन नलाग्ने उद्योग-धन्दा, कारखाना, कार्यलयमै खानपिन गर्न र बिश्राम गर्न पाइने। घर निवासको मर्मत सम्भार गर्नमा सहयोग पाइने। वाहन सवारी साधन चलाउन सिक्न र किन्न सकिने योग शुरु भएको छ।

तुला-व्यापार, ब्यबसाय ठप्प, परनिर्भरतामा बाच्नु पर्ने, पेट सम्बन्धि रोगले सताउने, ऋण तिर्न नसकेर निराश भइने। बोलि बिकाउन गार्हो हुने।  आफ्नो कामको नक्कल अरुले गरिदिने कार्य बढ्नाले आफ्ना सहयोगी र ग्राहक अन्यत्र ज्ञानले अशान्ति बढ्ने। पानीको सेवन अधिक, चन्द्रमाको जप बोलिबचनमा मिठासका साथै कम बोल्नाले बिग्रेका कामका केहि सुधार हुने।

वृश्चिक-स्वार्थी बिचारहरु आउने, देखावटीरुपको धार्मिक कार्य तथा सेवामुलक काम गर्न अभिप्रेरित हुने।  ग्रहको कारणले कडास्वभावको र रिस बढी उठ्ने मासिक फल छ। स्वास्थ्य बिग्रने, आफ्नो पुत्र तथा पिताजिसंग मनमुटाब भएर केहि नोक्सानी हुने भएकोले नम्रता र शान्त स्वभाब बनाउन ध्यान दिनु।

धनु-राजनीति क्षेत्रमा राम्रा अवसरको हावि हुने, मान बढ्ने तर जोशमा होस् पुराउन सकिएन भने हुल्दंगामा लगेर पाउन लागेका सुनौला अवसर गुमाउन पर्न सक्छ। होस पुराउनु होस्। तपाईले यस महिनामा देख्नु भएका सपनाहरु प्रत्यक्ष जीवनमा जागृतअवस्थामा ठ्याक्कै लागु हुने छ। कस्ता सपना देख्ने गर्नुहुन्छस त्यसलाई स्मरणमा राखी फल जानेर ब्यबहारमा उतार्नुहोस, सुख मिल्छ।

मकर-शारीरिक आघात हुने। बैदेशिक कामधन्दामा असहज परिस्थिति बन्ने यहाँको ग्रहगोचर छन्। स्त्रीबाट सुख पाउने , नोकरचाकरबाट सहयोग पाउने। कला-संगीतमा रुची बढ्ने छ। प्रसिद्धिको लागि त्यसले सहयोग पुग्ने यहाको राशिकुण्डली आश्विन मासिक फलादेश रहेको छ।

कुम्भ-२०७७ सालको आश्विन महिनामा तपाई कुम्भ राशी हुने जातकले अप्रत्यासित लाभ पाउनुहुन्छ। नयाँ मित्र बन्ने, मिठा खानेकुराहरु खान पाउने। सभा र आफ्ना बिचारको प्रदान गर्ने काममा धेरै समय व्यतित हुने। तपाईहरुको मनलाई सवारी साधनले खिचिरहेको हुन्छ। निकट भविष्यमा बहन लाभ हुनेवाला छ। यस महिनामा तपाइहरुलाइ धेरै निन्द्रा नपर्ने, मन चंचल हुने भएकोले योगाभ्यास तथा ध्यान गर्न सक्दा इच्छासिद्धिका लागि बढी सहज परिस्थिति बन्ने छ।

मिन-मिन राशी हुनेहरुको लागि २०७७ आश्विन महिनामा रोकिएका कामहरु बन्ने, खेतीपाती, अन्न-अनाज वागवानिबाट लाभ हुने। पशु तथा चराचुरुंगीहरुको बेचबिखनबाट लाभ हुने। धेरै समयदेखि बिदेशमा रहेको हराए व्यक्तिसंग बोलीचाली र भेट हुन पाउने। यस महिनामा घर जग्गाको बेचबिखन गर्नाले भबिस्यमा पछुताउनु पर्छ। घाटा नोक्सानी हुन्छ।

हवस् त सबै राशिका व्यक्तिहरुलाइ भाद्र महिना मंगल्दायी बनोस। यहाँहरुको दिन शुभ रहोस!

बिशेष जानकारी र शुभ कार्य गर्नु परेमा मुरारी  श्री: महाराज : ०१-५२४११६४ , ९८४१८४१६३५ /9841841635, 01-5241164 (काठमाडौ पशुपती क्षेत्र, जयबागेश्वोरी मन्दिरको आगाडी को गल्ली)

 फलानी ग्रहचारेण सूचयन्ति मनिषीण:।
को वक्ता तारतम्यस्य तेमेकं वेधसं विना।।
 ध्रुवबद्धं नक्षत्रं नक्षत्रैश्च ग्रहास् प्रतिनिबद्धा:।
 ग्रहबद्धं कर्मफलं शुभाशुभं सर्वजन्तुनाम्।।

ज्योतिष, वास्तु, तन्त्र-मन्त्र, कर्मकाण्ड, तथा अन्य दैविक, धार्मिक, बैदिक कार्यहरुका लागि सम्पर्क गर्नुहोला।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com