२०७७ कात्तिक १५, शनिबार

img-responsive

१०:५४:०२

 

गाईले हानेर शिक्षकको मृत्यु

img-responsive
गोठालो खबर -१ २०७७ असाेज ८, बिहीबार,०७:२५:AM  
img-responsive

लण्डन, ८ असोज । नेपालमा यदाकदा यस्तो समाचार सुनिन्थ्यो तर बेलायतजस्तो विकसित र सम्भावित जोखिमलाई हेरेर योजना बनाउने मुलुकमा पनि यस्तो हुँदोरहेछ ।


घटना सोमबार साँझ नर्थ योर्कसायरको हो । डेभ क्लार्क हिँडिरहेको बेला गाईहरुको आक्रमणमा पर्दा मारिएका छन् । उनी स्थनीय रिचमण्ड स्कुलका उपप्रधानाध्यापक थिए ।


उनीप्रति समर्पण गर्दै प्रधानाध्यापक जेन्ना पोटरले डेभ रिचमण्ड स्कुलको प्राण र आत्मा भएको बताएकी छिन् । उनले यस दुखद घडीमा उनको परिवारप्रति समवेदना व्यक्त गरेकी छिन् ।


नर्थ योर्कसायर प्रहरीले उनको मृत्युका बारेमा अनुसन्धान गरिरहेको बताएको छ । प्रहरी प्रवक्ताका अनुसार करिब ५० वर्षका मानिस गाईको आक्रमणबाट घाइते भएको भन्दै प्रहरीलाई बोलाइएको थियो । पारामेडिकहरुले घटनास्थलमा उनको उपचार गरेका थिए तर उनको सोही स्थानमा निधन भएको यो समाचार आजको वीनेपालीले प्रकाशन गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com