२०७७ कात्तिक १२, बुधबार

img-responsive

१०:२८:१५

 

आइस भित्र बसेर विश्व किर्तिमान

img-responsive
गोठालो खबर -१ २०७७ असाेज ७, बुधबार,०७:४२:AM  
img-responsive

भियना,७ असोज । अष्ट्रियाका एकजना पुरुषले पौडी खेलको कटु मात्र लगाएर आइस क्युव भरिएको काँचको बाकसमा २ घन्टा ३० मिनेट र ५७ सेकेन्ड बसेर नयाँ विश्व किर्तिमन कायम गरेका छन् । कोयवर्ल नामक ति युवकको काँध सम्म आइस क्युव भरिएको थियो ।

मेल्क शहरमा आयोजित उक्त साहसिक कार्य प्रत्यक्ष अवलोकन गर्न आएका पत्रकारहरुलाई उनले चिसोको पिडा खप्नका लागि आफुले निरन्तर सकारात्मक भावनाको परिकल्पनना गरेर शरिरमा उर्जा प्रवाह गरेको बताएका छन् ।

तर सन् २०१९ मा उनले नै राखेको किर्तिमान ३० मिनेटले तोड्नका लागि सो बाकसमा ४ सय ४० पाउनड भन्दा बढि आइस राख्नु परेको छ । बाकसबाट निस्कना साथ सूर्यको किरणको स्पर्श पाएर निकै आनन्द लागेको उनले बताएका खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com