२०७७ कात्तिक १५, शनिबार

img-responsive

०९:०५:४२

 

अवैध क्रसर उद्योगको विरुद्धमा पाँच राजनितिक दलले बुझाए ज्ञापन पत्र

img-responsive
गोठालो खबर -१ २०७७ असाेज ५, साेमबार,०८:१३:PM  
img-responsive

तनहुँ, ५ असोज । अबैध रुपमा रहेको क्रसर उद्योग बन्द गर्न माग राख्दै पाँच राजनितिक दलले सोमबार बन्दिपुर गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन् । अबैध रुपमा क्रसर उद्योग तत्काल बन्द गर्न लगायत अन्य कामको विवरण सार्वजनिक गर्न माग गर्दै पाँच राजनितिक दलले गाउँपालिकाका प्रमुख पुर्णसिङ थापालाई कार्यकक्षमा ज्ञापन पत्र बुझाएका हुन् । 

पाँच राजनितिक दलले ज्ञापन पत्रमार्फत बन्दिपुर ६ सराङघाटस्थित सेतीनदीको तिरमा २–३ वर्षदेखि अबैध रुपमा क्रसर उद्योग स्थापना एंव संचालन गर्दै प्राकृतिक श्रोत साधनको दोहन गरी करोडौ रुपैयाँको राजस्व छल्ने क्रममा निरिह बनेकोमा उक्त उद्योगलाई तत्काल बन्द गरी लिलाम बिक्रि गरी संचालकलाई यथाशक्य करवाही गर्न माग राखेका छन् ।

नेपाली कांग्रेस, जनता समाजवादी दल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी (क्रान्तीकारी) ले संयुक्त रुपमा गाउँपालिकाका अध्यक्ष थापासमक्ष गाउँपालिका अन्र्तगत हाल भईरहका सम्पुर्ण कार्यको विवरण सार्वजनिक गर्न माग गर्दै ज्ञापन पत्र बुझाए । 

विज्ञप्तीमार्फत व्यवसाय कर, युवा स्वरोजगार कार्यक्रममा भएको पक्षपात पुर्ण व्यवहार, बाढी पहिरोका पिडितलाई राहत वितरण, कोरोनाको बन्दाबन्दी सम्बन्धि कामका सम्पुर्ण विवरण, अस्पतालमा औषधीको अभाव, सुचनामा माग गरेभन्दा धेरै कर्मचारी नियुक्ति जस्ता विषयको सत्यतथ्य विवरण सार्वजनिक गर्न माग गरेका छन् । 

बन्दिपुर गा. वि.स बाट नगरपालिका हुँदै गाउँपालिका सम्म आइपुग्दा सहमती सहकार्य गर्दै आएको तर पछिल्लो समयमा भने गाउँपालिकाले प्रमुख प्रतिपक्ष दल लगायतका विपक्षी दललाई उपेक्षा गरेको ज्ञापन पत्रमा उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com