२०७७ कात्तिक १५, शनिबार

img-responsive

०९:४६:२७

 

भारत सरकारले  नेपाल लाई कोभिड–१९ बिरुद्द लड्न दुई हजार  भाइल रेमडेसिभिर प्रदान

img-responsive
गोठालो खबर -३ २०७७ भदाै ३०, मङ्गलबार,०५:५२:PM  
img-responsive

काठमाडौ, ३० भाद्र। कोभिड–१९ बिरुद्द लड्न भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले आज नेपालका माननीय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मार्फत नेपाल सरकारलाई दुई हजार भाइल रेमडेसिभिर औषधी हस्तान्तरण गरेका छन् ।

कोभिड–१९ को विश्वव्यापी महामारीले हाल निम्त्याएको संकट लाई हल गर्न भारत सरकारले नेपाललाई उपहार स्वरुप उक्त औषधी हस्तान्तरण गरेको हो। यसअघि पनि वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन लगायतका अत्यावश्यक औषधी, जेष्ठ ४ गते कोभिड–१९ टेष्ट कीट (आरटी-पीसीआर) र श्रावण २५ गते आइसीयू भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्री भारतले नेपाललाई सहयोग स्वरुप प्रदान गरेको थियो। "निकटतम मित्र तथा छिमेकीको हैसियतले यस महामारी विरुद्धको लडाईमा भारत नेपाल सरकार र नेपालीको साथमा रहेको छ", बिज्ञप्तिमा भनिएको छ ।

अक्सिजन थेरापीमा रहेका मध्यम देखि गम्भीर प्रकृतिका बिरामीहरुको उपचारमा प्रयोग गरिने रेमडेसिभिर एक प्रभावकारी औषधी हो । चिकित्सा अध्ययनका अनुसार यो औषधीको प्रयोगले बिरामीहरुको अस्पताल बसाई अवधि र रोगबाट निको हुने समयलाई कम गर्न उल्लेखनीय रुपमा सघाउ पुर्याउने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com