२०७७ कात्तिक ५, बुधबार

img-responsive

०६:५२:५४

 

पति हुँ भन्दा भन्दै कुटिए कथित प्रेमी

img-responsive
गोठालो खबर -१ २०७७ भदाै २६, शुक्रबार,०६:४२:PM  
img-responsive

एजेन्सी । भारतको सिद्धार्थ नगर जिल्लामा एक विवाहित महिलालाई भेट्न एक व्यक्ति आएका थिए । उनले कालो रंगको शर्ट लगाएका थिए । गाउँका मानिसहरुलाई ती विवाहित महिलाको प्रेमीको भएको आशंका गरेर बेस्सरी कुटे । व्यक्तिलाई पिट्दै गरेको कोही व्यक्तिले भिडियो पनि लिए । र सामाजिक सञ्जालमा पोस्ट गरे । कथित प्रेमीले पिटाइ खाएको उक्त भिडियो सामाजिक सञ्जाल भाइरल भयो । 


एक जानकारी अनुसार उनीहरु एकान्त ठाउँमा गफ गरेर बसेका थिए । विवाहित महिलासँग एकान्तमा बस्ने पुरुष प्रेमी नै हुनपर्छ भन्ने गलत सोचका कारण पिटाइ खाने प्रेमी नभएर उनकै पति परेका छन् । आफ्नो पत्नीसँग जिस्काउदै बसेको देखेका गाउँलेहरुले एक्कासी पुरुषलाई हिर्काउन थाले । पतिलाई कुटेको देखेर महिलाले बचाउन हार गुहार गरिन्, तर कसैले सुनेनन् र एकोहोरो कुटिरहे । 


उनले आफ्नो पति हुन भन्दा पनि मज्जाले कुटे । बल्ल बल्ल बचेर पति प्रहरीकोमा पुगे । प्रहरी कार्यालय पुगेर आफु पति हो भन्दा भन्दै पनि आफुलाई कुटिएको रिर्पोट लेखाएका छन् । महिलाको पिताले आफ्नो ज्वाईलाई पहिचान हुँदा हुँदै पनि गाउँलेले कुटेको आरोप लगाएका छन् । पुरै गाउँका मानिसहरुको विरुद्ध मुद्दा दायर गरेका छन् । हाल प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com