२०७७ चैत २९, आइतबार
०१:३३:५३
एजेन्सी । घरमा बच्चाले प्राय गरेर ठुला मानिसले गर्ने काम गर्न खोजिरहेका हुन्छन् । हजुर बुवा, हजुर आमा, बाबा, आमा, दाजु दीदीले गरेका हरेक कार्य गर्न कोशिश गर्छन् । तर हामीले सामान्य सम्झेका बच्चाहरुले गर्ने कार्यले शास्त्रमा निकै महत्व राख्छ ।
शास्त्रअनुसार यदि घरको सानो वा बच्चाले अचानक कुचो उचालेर घर सफा गर्न लागेमा यसले केहि संकेत गरेको हुन्छ । बच्चाले अचानक कुचो उठाउनु घरमा पाहुना आउने संकेत हो । र घरमा आउने पाहुनाबाट तपाइँलाई केहि न केहि आर्थिक लाभ हुनेछ ।
कुचोलाई लक्ष्मीको रुप मानिन्छ । बच्चाले एकाएक कुचो समातेमा घरमा लक्ष्मीको वास हुन सक्छ । जसको कारण घरमा कहिल्यै पनि पैसाको कमी हुँदैन ।
कुचोलाई लिएर अरु मान्यता पनि छन् । घरमा कुचो कहिल्यै पनि ठड्याएर राख्नु हुँदैन, यसरी राखेमा अशुभ मानिन्छ । कुचो ठाडो पारी राख्दा शत्रुको सख्यामा बृद्धि हुन्छ । यसको साथै कुचो कहिल्यै पनि खुला स्थानमा राख्नु हुँदैन । यसलाई खुला स्थानमा नराखी घर बाहिरका पाहुनाले नदेख्ने स्थानमा राख्नु पर्छ ।