२०७७ कात्तिक ५, बुधबार

img-responsive

०७:११:०६

 

भोजपुरमा थप पाँच जनामा कोरोना पुष्टि, षडानन्द नगरपालिका सिल

img-responsive
वाई राज विष्ट , २०७७ भदाै २४, बुधबार,०७:५९:PM  
img-responsive


भोजपुर, २४ भदौ ।

भोजपुर पुनः थप पाँच जनामा कोरोना देखिएको छ । षडानन्द नगरपालिकाका दुई महिला सहित तीन पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । उत्तरी क्षेत्रमा अबस्थित षडानन्द नगरपालिका सिल गरिएको छ । नगरपालिकाका पाँच जनामा कोरोना पुष्टि भएपछि सात दिनका लागि दिंला बजारसंगै सबै वडा  सिल गरिएको हो ।  

संक्रमति हुनेमा १५, ४१, ४४ वर्षका तीन पुरुष र २० र ४२ वर्षका महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फडिन्द्र थापाले जानकारी दिए । उनीहरु बाहिरी जिल्ला घुमफिर गरेर आएर होमक्वारेन्टिनमा बसेका थिए । स्वाब संंकलन गरी गत २२ गते विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका ११ जना मध्ये पाँच जनाको रिपोर्ट पोजेटिभ आएको षडानन्द नगरपालिकाका मेयर बिरबल राईले जानकारी दिए । 

यस अघि भारतबाट छुट्टीमा आएका भोजपुरको हतुवागढी गाउँपालिका घर भएमा तीन भारतिय सेनामा पनि कोरोना पुष्टि भएको थियो । हाल सम्म भोजपुरमा १७ जनामा कोरोना देखिएकोमा ९ जना निको भएर घर फर्किसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com