२०७७ कात्तिक ५, बुधबार

img-responsive

०७:२९:२८

 

भोलिबाट निषेधाज्ञा खुकुलो : के गर्न पाइने , के गर्न नपाइने ?

img-responsive
गोठालो खबर -२ २०७७ भदाै २४, बुधबार,०७:३२:PM  
img-responsive

भाद्र २४, काठमाण्डौ 

हिजो मंगलबार र बुधवार उपत्यकाका ३ (तिन ) जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले गृहमन्त्रालयसँगको परामर्शमा भोलिदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ। लगातारको निषेधाज्ञाले जनजीवन प्रभावित बनेपछि विकल्पको रुपमा केहि परिवर्तन गरि खुकुलो बनाइएको छ। 

प्रमुख जिल्ला अधिकारी बाट जारी आदेशमा बिहीबारदेखि सवारी साधन जोर–बिजोर प्रणालीका आधारमा सञ्चालन हुनेकुरा उल्लेख छ । स्वास्थ्य मन्त्रालयले तोकेको अनिवार्य मापदण्ड  पुरा गरि उद्योग तथा कलकारखाना खोल्न पाइने छ।

जारि आदेशमा भिडभाड गर्न , भेला हुन , जात्रा, भोजभतेर , जुलुस गर्न मनाही गरिएको छ। सभा गोष्ठी, तालिम, पार्टी प्यालेस, सिनेमा हल आदि संचालन गर्न  बन्देज लगाइएको छ। 

उपत्यका भित्र १६ भन्दा माथि सिट क्षमता भएका सार्वजनिक सवारी साधन जोर बिजोर प्रणाली को आधारमा स्वास्थ्य मापदण्ड पुरा गरि सडकमा गुड्न पाउने छन्। औषधि तथा स्वास्थ्य सामग्री वितरण गर्ने पसल तथा व्यवसाय २४ सै घण्टा खुल्ला राख्न सकिने जनाएको छ। 

तरकारी, फलफुल, दुग्धजन्य सामाग्रीहरु, माछामासु पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्न पाइने छ। सपिङ्ग मल , फेन्सी स्टोर , कपडा पसलहरु हप्ताको सोमबार , बुधवार र सनिवार मात्र खोल्न पाइने छ। 

चार महिनाको लगातार लकडाउन पश्चात संक्रमण दर बढेपछि भाद्र ३ बाट पुन उपत्यकामा निशेधाज्ञा पटक पटक थप गरि आजसम्मको लागि जारी थियो। लक डाउन र निषेधाज्ञा वावजुदपछि पनि उपत्यकामा कोरोना स‌ंक्रमण दर घटेको छैन। पछिल्ला दिनहरुमा प्रतिदिन लगभग ४ सय का दरले संक्रमितहरु बढिरहेका छन। 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com