२०७७ कात्तिक १०, साेमबार

img-responsive

०७:२०:३७

 

एउटा प्रश्न सरकार संग: जनतालाई झुक्याई मात्र रहने ?

img-responsive
गोठालो खबर -२ २०७७ भदाै १९, शुक्रबार,०३:१७:PM  
img-responsive

भाद्र १९, काठमाण्डौ 

नेपालमा कोरोना संक्रमण दर बढिरहेको छ। हिजोको दिनसम्म कोरोना संक्रमित हुनेको संख्या ४२ हजार ८७७ पुगेको थियो, भने मृत्यु हुनेको संख्या २५७ पुगेको थियो।  

पछिल्लो समय संक्रमण दर अत्याधिक हुन थालेपछी सरकारले सबैको परिक्षण गर्न नसक्ने जनाउदै आफै गएर तोकिएको अस्पताल वा ल्याबमा गई परिक्षण गराउन सूचना जारि गर्यो। (कोरोना संक्रमित को सम्पर्कमा आएका वा रहेका हरुलाई सम्पर्क गरि सरकारले निशुल्क PCR परिक्षण गरिरहेको छ। )

महामारीको समयलाइ मध्यनजर गर्दै सरकारले गत महिना निजि अस्पतालले पनि तोकिएको रकम वा त्यो रकम मा १० प्रतिसत सम्म थपेर लिने मिल्ने गरि कोरोना परिक्षण गर्न सक्ने निर्णय पारित गर्यो। सरकारले परिक्षण शुल्क भन्दै ५ हजार ५ सय तोकिदिएको थियो। 

तर आजको दिन सम्म आइपुग्दा कोरोना परिक्षण गर्न तोकिएको दरमा एकरुपता पाउन सकिएको छैन। 

केहि मेडिकल सेन्टर , ल्याब तथा अस्पताल हरुले ५ हजार ५ सय निर्धारित गरिएको कोरोना परिक्षण रकममा कुनैले  ५ हजार ५ सय नै लिए कुनैले  ५ हजार, कुनैले ४ हजार ५ सय , कुनैले ४ हजार, अनि कुनैले मात्र २ हजार ६ सय। 

प्रश्न यहि खडा हुन्छ कि हाम्रो जानकारीमा आएको २ हजार ६ सय रुपैयाले कोरोना परिक्षण गराउनु र ५५ सय रुपैया तिरेर परिक्षण गराउनुमा फरक केहि छ सरकार ? धेरै रकम तिर्दैमा कोरोना संक्रमण नदेखिने, थोरै तिर्दा देखिने हो र ?

यदि यस्तो होइन भने सबै मेडिकल सेन्टर, ल्याब तथा अस्पताल हरुले परिक्षण गर्ने PCR टेस्ट मान्यता प्राप्त किट नै हो भने किन जनता हरुले तिर्नुपर्ने रकममा पनि यस्तो चलखेल ?

अनुत्तरित जनता हामि यसको समाधान चाहन्छौ।  बाकि प्रश्न सोध्ने पालो आमजनताको ??

 

  

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com