२०७७ कात्तिक १०, साेमबार

img-responsive

०७:३०:४९

 

सोह्र श्राद्ध किन गर्ने, कसरी गरिन्छ पितृ पुजा

img-responsive
गोठालो खबर -१ २०७७ भदाै १७, बुधबार,०८:०५:AM  
img-responsive

काठमाडौं, १७ भाद्र । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध वा पितृ पक्ष दिवंगत पितृका नाममा तर्पण, सिदा दान र पिण्डदान गरी आजबाट शुरु हुँदैछ । श्राद्धले हिन्दु धर्ममा धेरै ठुलो महत्व राख्छ । प्राचीन सनातन धर्म अनुसार हाम्रो पुर्वज देवतुल्य हुन्छन् र उनीहरुकै कृपाले हामीले जीवन प्राप्त गरेका हुन्छौ ।

जसरी उनीहरुले हाम्रो लालन पालन गरे त्यसको लागि हामी उनीहरुका ऋणि हौ । उनीहरु प्रति समर्पण र कृतज्ञताको भावनाबाट श्राद्ध प्रेरीत  हुन्छ, जसले पितृ ऋणबाट हामीलाई मुक्तको मार्ग देखाइदिन्छ । 

गरुड पुराणको अनुसार, समायानुसार श्राद्ध गर्दा कुलमा कोही दुखी हँदैनन् । पितृको पुजा गरेर मानिसले आयु, पुत्र, यश, स्वर्ग, किर्ती, पुष्टि, बल, पशु, सुख र धन–धान्य प्राप्त गर्दछ । देवकार्य भन्दा पनि पितृकार्यको विशेष महत्व हुन्छ । देवतालाई भन्दा पहिला पितृलाई प्रसन्न गर्नु अधिक कल्याणकारी हुन्छ । 

‘श्राद्ध’ शब्द ‘श्रद्धा’ बाट बनेको हो, जुन श्राद्धको प्रथम अनिवार्य तत्व हो वा पितृप्रति श्रद्धा हुनुपर्छ । आश्विन कृष्ण पक्षको प्रतिपदा तिथिबाट पुर्णिमासम्म श्राद्ध वा महालय पक्ष बुझिन्छ । यस अवधि १६ दिनलाई पितृ अर्थात श्राद्ध कर्मको लागि विशेष रुपमा निर्धारण गरिएको छ । यहि अवधिलाई पितृ पक्ष वा सोह्र श्राद्धको नामले चिनिदै आएको छ । 

किन हुन्छ पितृ पुजाः पितृ पुजा वा सोह्र श्राद्धमा गरिएका कार्यले हाम्रा पुर्वजहरुको आत्मामा शान्ती प्राप्त हुने तथा श्राद्ध गर्ने (कर्ता)लाई पितृ ऋणबाट मुक्ति मिल्छ । आत्माको अमरताको सिद्धान्तको बारेमा स्वंय भगवान श्री कृष्णले गीतामा उपदेश दिएका छन् ।

आत्मा जबसम्म आफ्नो परआत्मासँग मिल्दैन तबसम्म विभिन्न योनीमा भटकिने हुनाले सोह्र श्राद्ध गर्दा पुर्खाहरुलाई सन्तुष्टि प्राप्त हुन्छ ।  शास्त्रमा देवताहरुलाई भन्दा पहिला पितृलाई प्रसन्न गर्नु धेरै कल्याणकारी मानिन्छ । यसैकारण देवताको पुजा गर्नु अघि पितृ पुजा गर्नुपर्छ । 
 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com