२०७७ कात्तिक १५, शनिबार

img-responsive

१०:२०:३७

 

आज रौतहटमा १० मोहर्रम (हजरत इमामे हुसैन) को सम्झना स्वरुप मनाइने पर्व !

img-responsive
एम. डी. मोजिबुल्लाह , रौतहट , २०७७ भदाै १४, आइतबार ,१०:२३:PM  
img-responsive

रौतहट, १४ भाद्र। अरबी हिजरीको पहिलो महिना मोहरमको १० तारिखका दिन ईस्लाम धर्मका संरक्षक हजरत ईमाम हुसैन रदीअल्लाहो तआला अन्होको यादमा यो मोहरम पर्व कसैले ताजिया बनाई त कसैले विविध कार्यक्रम गरी मनाउने गरेका छन् ।

यो वर्ष कोरोना महामारी का कारण मुस्लिम समुदायलाई मोहरम पर्व घरमै बसेर मनाउन नेपाल मुस्लिम आयोगले आग्रह गरेको छ। मुस्लिम र हिन्दू समुदायले आज सामूहिकरुपमा मोहर्रम पर्व मनाउँदैछन् । मुस्लिम पात्रोअनुसार हिजरी संवत् १४४२ को मोहर्रम महीनाको आज १० तारिखका दिन यो पर्व मनाउने गरेका छन। आजभन्दा एक हजार ४५० वर्ष अघि एजिदोनोले गरेको आक्रमणमा परी मारिएका इस्लामिक गुरु हजरते इमामे हुसैनको सम्झनामा तहजिया राखेर यो चाड मनाइने गरेका छन् । यो पर्वमा मेला समेत लाग्ने गर्छ।

मुस्लिम र हिन्दु समुदायको नेपाल भारतबाट हजारौको संख्यामा दर्शनार्थीहरु ताजियाको दर्शन गर्न र मेला अवलोकन गर्न आउने गरेका हुन्छ तर यो वर्ष कोरोनाका कारण मेला नलाग्ने भएको छ । वर्षौदेखि परम्परागत रुपमा मनाईँदै आएको यस ताजिया मेलामा लाठीभाला खेलसमेत प्रदर्शन गरिन्छ।
यस पर्वमा इस्लाम लगायत हिन्दु धर्मावलम्बीले पनि यो पर्वमा ताजिया, दाहा बनाउनाले मनको इच्छा पूरा हुने भएकाले भाकल गर्ने र दाहा बनाउने गर्दछ। मोहरमका अवसरमा इस्लाम धर्मावलम्बीले आफन्त, छिमेकी र गरिब तथा दुःखीलाई खाना खुवाउने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com