२०७७ कात्तिक १२, बुधबार

img-responsive

१०:२३:४६

 

लाहुरेको रचनामा मनोज र सागरको "कस्तो मायाँ" सार्वजनिक

img-responsive
गोठालो खबर -३ २०७७ भदाै १३, शनिबार,०१:५३:PM  
img-responsive

काठमाडौ, १३ भाद्र । कोरोनाको कहरले आज विश्वभर लकडाउन, सटडाउन भईरहदा मानिसहरु घर भित्रै थुनिनु परेको बाध्यात्मक पस्थितिमा मनोज र सागर ले "कस्तो माया लायौ तिमीले" बोलको गित सार्बजनिक गरेका छन। 

सजन खिम्दुङको रचनामा रहेको यो गीत सागर राईको संगित र मनोज थापाको सुमधुर स्वरमा सजिएको छ । प्रेमीकाको यादमा बनेको यो गीत निकै नै मार्मिक गीत बन्न पुगेको छ । संगितकार राई लाई यो गीतको बारेमा भन्न आग्रह गर्दा उनले गीत रचनाकारको अनुभव भएको र उहाँको अन्तरङ्गको अनुभूति लाई लयबद्ध मात्र गरेको बताए । मनोजले उहाँको आफ्नो सुमधुर स्वरमा अझ मिठो सुनिएको पनि बताए । 

यस गीतको गीतकार हाल भारतीय सेनामा कार्यरत रहेको र गाउँमा रहेको आफ्नो प्राण प्रिय प्रेमिकालाई याद गरि समर्पण गर्ने उद्देश्यका साथ रचना गरिएको हुन सक्ने बताए । यो गीत त्यहि अनुभूतिमा बन्न पुगेको राईको ठम्याई रहेको छ । उनि भन्छन्, आफू त्यति व्यावसायिक र ख्यातिप्रप्त ब्यक्ति नभए पनि प्रायः मार्मिक प्रकारको शब्दहरु पाउदा भने संगित गर्न रुचाउने बताउछन् । यो गीतमा प्रयोग भएको शब्दहरु पनि उस्तै मार्मिक मध्य एक भएको कारण आफूले संगित भरेको बताउछन् । 

यो गितको रेकर्डिङ पुतलीसडक स्थित एक स्टुडियोमा रेकर्ड गरिएको हो । यस गितको बाँसुरीमा नगेन्द्र राई ले र सागर थेवेले रेकर्ड गरेका हुन् भने टङटङ ईन्टरटेन्टमेन्टको उत्पादनमा फराज अर्पन क्रियसनको युट्युब च्यानल मार्फत सर्बजनिक गरिएको हो । 

(यो गीत युट्युबमा उपलब्ध छ)

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com