२०७७ कात्तिक १२, बुधबार

img-responsive

११:२४:१८

 

विप्लव समूहका केन्द्रिय सदस्य चन्द्रबहादुर पुनः पक्राउ

img-responsive
वाई राज विष्ट , २०७७ भदाै १०, बुधबार,०१:१८:AM  
img-responsive

भोजपुर, ९ भदौ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा मध्यपश्चिम ईन्चार्ज  चन्द्रबहादुर चन्द साधारण तारिकमा रिहा भए लगतै पुनः पक्राउ परेका हुन् । 

हातहतियार तथा सांगठानिक अपराध लगाएत चार ओटा मुद्धामा पक्राउ परेका चन्दलाई जिल्ला अदालत भोजपुरले रु. ६० हजार धरौटीमा रिहा गर्ने फैसला गरेको भएपनि चन्दले धरौटी तिर्न नसकेपछि कारागार चलान गरिएको थियो । 

सर्वोच्च अदातलमा गैर कानुनी रुपमा कारागार चलान भएको भनी बन्दिप्रत्यक्षीकरणको रिट परेपछि न्यायाधीशहरु दीपक कार्की र प्रकाशमान शिं राउतको आदेशमा बिना धरौटी आज(मंगलबार) रिहा गरिएको जिल्ला अदालत भोजपुरले जनाएको छ । 

भोजपुरबाट रिहा हुने वितिकै चन्द विरुद्ध संखुवासभा जिल्लामा पनि हातहतियार तथा सांगठानिक अपराध सम्बन्धि नै मुद्धा रहेकोले पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ  । चन्दलाई साउन १५ गते काभ्रेपलान्चोकबाट नियन्त्रणमा लिएर भोजपुर ल्याइएको थियो । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com