२०७७ कात्तिक ५, बुधबार

img-responsive

०६:५८:४७

 

यूइएफए च्याम्पियन्स लिग: पीएसजी भर्सेज बायर्न आज राती

img-responsive
गोठालो खबर -२ २०७७ भदाै ७, आइतबार ,०९:१०:PM  
img-responsive

यूइएफए च्याम्पियन्स लिग अनतर्गत फुटबल खेलको फाइनल आज (आइतबार) राति हुँदैछ। फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मनीको बार्यन म्युनिखबीच नेपाली समयानुसार आजराति १२ बजेर ४५ मिनेट अर्थात् २४ अगष्ट बिहान ००:४५ मा प्रतिस्पर्धा हुदैछ ।

पाँचपटक च्याम्पियन्स लिग जितिसकेको बार्यन म्युनिख छैठौ पटक उपाधि जित्ने दाउमा छ भने भने  पेरिस सेन्ट जर्मेन च्याम्पियन्स लिगको पहिलो उपाधिको लागि भिडन्त गर्नेछ। यो पटक उत्कृष्ट लयमा रहेको दुवै टिम को लागि यो लिग महत्वपुर्ण छ। 

क्वार्टर फाइनलमा बार्यनले बलियो क्लब बार्सिलोनालाई ८–२ ले पराजित गर्दा सेमिफाइनलमा लियोनलाइ ३–० ले पराजित गर्यो। 

त्यस्तै पीएसजीले पनि क्वार्टर फाइनलमा एटलान्टा लाई २-१ ले पाखा लगाउदै सेमिफाइनलमा आर बि लाइप्जिग लाइ ३-० ले पराजित गरेको थियो। 

पीएसजीमा नाम चलेका र फर्म मा रहेका नेमार जुनियर, केलिएन एबाप्पे, डि मारिया, थियागो सिल्भा, केलोर नाभास, मार्को भेराटी, माउरो इकार्डी, माक्विनहोस जस्ता खेलाडी छन् भने बार्यनमा रोवर्ट लिवानडोस्की, फिलिपे कोटिन्हो, थोमस मुलर, म्यानुअल न्युअर, लिरो साने, डेभिड अलाबा, जेरोमी बोट्याङ, अलफन्सो डेभिस जस्ता खेलाडी छन्। 

इतिहास हेर्दा बार्यन बलियो देखिए पनि  पछिल्लो समय पीएसजी फर्ममा रहेको हुदा आजको भिडन्त रोमाञ्चक हुने देखिन्छ। 

 

 

 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com