२०७७ कात्तिक ५, बुधबार

img-responsive

०७:४८:११

 

"२०७७ साल भाद्र" महिनाको राशिफल

img-responsive
गोठालो खबर २०७७ भदाै ५, शुक्रबार,०१:५५:AM  
img-responsive

मेष राशी पुरुष जाति को राशी हो। शुभ दिशा पूर्व हो। छेत्रीय वर्ण, चर संज्ञा, अग्नितत्व, मंगल ग्रह राशी स्वामी हो। अंग मिलेको सुहाउदो शरीर, केहि अहंकारी भए पनि साथीभाई प्रति दयालु हुन्छन। सिघ्र रिसाउने, छिटै प्रसन्न हुने जस्तो स्वभाब को हुन्छन। यस राशी लाइ भाद्र महिनामा पछिका दिनहरुमा लाभ हुने काम को थालनी हुने, नया काम को खोजि,  नया ब्यबसाय को सोच विचार गर्नमा यो महिना उत्तम रहेको छ।        


वृष राशी स्त्री जातिको राशी हो। धेरै जस्तो समय दक्षिण दिशा शुभ हुने भने थोरै जस्तो समय पूर्व दिशा शुभ हुने गर्दछ। वैश्य वर्ण, स्थिर स्वभाब, सेतो रंग शुभ रंग, भूमितत्व, राशी स्वामी शुक्र, शान्त प्रकृति, अधिक कामवासना, मिहिनेती हुने यस राशी अन्तर्गत पर्छन।वृष राशीको लागि भाद्र महिना यथास्थिति नै शुभ हुने, नया प्रकारको कुनै कामको चलखेल यस महिनाभरि नगर्नु ज्योतिष शास्त्रले देखाउछ।



मिथुन राशी पुरुष जातिको राशी हो। पश्चिम दिशा शुभ, हरियो रंग, शूद्र वर्ण, बुध राशी स्वामी, वायुतत्व, अस्थिर स्वभाब, चंचल प्रकृति, आकर्षक व्यक्तित्व, मिठो खान रोज्ने, भ्रमणप्रिय, ब्यापारिक बुद्धिका हुने गर्छन। मिथुन राशीको लागि भाद्र महिना शुभ छ। अल्छी र आलस्यतालाइ त्यागेर सक्रिय बन्नु। यो महिना यस राशिको शत्रु नै अल्छिपन हो। जागरिलो बन्ने प्रयास गर्दा सुखाप्रप्ति हुन्छ।


   
कर्कट राशी स्त्री जातिको राशी हो।  दिशा उत्तर तथा पूर्व शुभ , मिश्रित रंग, सुन्तला रंग शुभ हुने , जलतत्व, सौम्य, रुघा-खोकि लागिरखने, राशीस्वामी चन्द्रमा, मनस्थिति परिवर्तनशील , बिनम्र स्वभाब, भाबुक, कल्पनाशील हुन्छन। कर्कट राशीलाइ भदौ महिना साझेदारी काम मा घाटा-नोक्सान , झैँ झगडा हुने छ। जागिरमा भने सकारात्मक उन्नति प्रगति हुने, नवग्रह स्थितिबाट बुझिन्छ।


   
सिंह:- सिंह राशी पुरुष जातिको राशी हो। शुभ दिशा पूर्व , पहेलो रंग शुभ हुने , अग्नितत्व, संततिवान, स्वतन्त्र प्रकृति, आकर्षक शरीर, शक्तिशाली, स्थिर संज्ञा, सुन्दर छवि, विचारवान, राशिको रुपमा बुझिन्छ। यहाहरुको लागि भाद्र महिनाभरि कुटुम्बहरु संग लेनदेन को कारोबार नगर्नु नगर्नु राम्रो हुन्छ। पति-पत्नीबीच मनमुटाब भएर आर्थिक क्षति, अशान्ति हुने महिना-फल भएकोले साबधानी अपनाउनुहोस।


   
स्त्री जाति, पूर्व दिशा, दुइ स्वभाब संज्ञा, भुमितात्व , शित प्रकृति, अल्प संततिवान, बुध ग्रह राशी स्वामी, बिनम्र स्वभाब, भाबुक, राम्रो ब्यापारीक गुणविशेषता भएका हुन्छन। यस सालको भाद्र महिना कन्या राशीको लागि पुर्ख्यौली सम्पतिले साहस बढाउने, अधुरा कार्यलाइ त्यसै सम्पतीले पुरा हुने। यो महिना शुभ महिना हो।


   
तुला:- पुरुष जाति, पश्चिम दिशा शुभ दिशा, बिहान तथा बेलुका पूर्व दिशा शुभ हुने, शूद्र वर्ण, श्याम रंग, क्रुर स्वभाब, वायुतत्व, चर संज्ञा, थोरै सन्तान हुने, मानवतावादी, संस्कृतिको अनुरागी, अव्यबहारिक, कानुनी उपासक, जनास्वतान्त्रताको पक्षधर हुनछन। यस राशिका महानुभाबहरुलाइ यस वर्षको भदौ महिनामा मुद्दा मामिलामा जीत हुने, विवाद बनिरहेको कामको छिनोफानो भई आनन्दप्राप्ति हुने यस महिनाको चन्द्र तथा दशा-गोचर फल बाट बुझिन्छ।  


   
स्त्री जाति, उत्तर दिशा शुभ दिशा, ब्राम्हण वर्ण, जलातात्व, मंगल स्वामी, बहु संतातिवान, स्पस्टवादी, सिद्धान्तप्रिय, क्रोधी, छिटै रिसाउने, निर्भयी हुन्छन। यस राशिलाइ भाद्र महिना पारिवारिक सहयोग प्राप्ति र घर जग्गाको काममा प्रगति हुनछ।  अतः यो महिना फलदायी छ।


   
पुरुष जाति, पूर्व तथा उत्तर दिशा शुभ, सुनौलो रंग शुभ रंग, छेत्रीय वर्ण, अग्नितात्व, दुइ स्वभाब, स्थिर संज्ञा, करुणामयी, मर्यादा युक्त, अधिकार प्रिय, राशिस्वामी बृहस्पति, बिश्लेशणात्मक, क्रियाशील, प्रसंशनीय व्यक्तित्व, धनलाइ भन्दा सम्मानलाइ महत्व दिने खालको हुन्छन। भाद्र महिना तपाईहरुको लागि बोलिले गर्दा दुख पाउने, व्यापार ब्यबसायमा नोक्सानी छ भने अर्कोतिर पुराना मित्रहरु संग भेट, आर्थिक सहयोग पाऊने योग रहेको छ। यस महिनाभरि वाणीलाइ विचार गरेर प्रयोग गर्दा सुख हुन्छ।


 
स्त्री जाति, शुभ दिशा पश्चिम, राशी स्वामी शनि ग्रह, वैश्य वर्ण, भुमितात्व, चर संज्ञा, भाबुक व्यक्तित्व, आदर्सवादी,एकान्त प्रिय, जस्ता आचरणका हुन्छन। भाद्र  महिनामा मकर राशिका लागि यो काम गरौ कि त्यो गरौ अवसरहरु दुइ तिन ओटै आउछन । ज्योतिष
 परामर्श लिएर मात्र अगाडी बढ्नु ।


 
पुरुष जाति, शुभ दिशा दक्षिण, विभिन्न रंग शुभ, शुद्र वर्ण, स्थिर संज्ञा, वायुतत्व, तातो स्वभाबका, शनि ग्रह राशी देवता, आविष्कारक, द्रिढ बिचारशक्ति, प्रयोगशील, बचनबद्ध, पेटका रोगी, रहस्यमय कुराहरुलाई गोप्य राख्ने चरित्रका हुन्छन। कुम्भ राशिलाई भदौ महिना बितेको समयमा गरेको सामाजिक सेवाको नतिजा यो महिनामा नमिठो लाग्ने बन्छन । अब पनि यस महिनाभरि समाजसेवा  गर्न जुर्दैन । शरीरमा फुर्ति बढ्ने महिना छ । बृहस्पति ग्रहको मासिक गोचर-फलबाट हेर्दा परिवारको सदस्य बिरामी हुने औषधोपचारमा  समय धेरै व्यतित हुने जानिन्छ।



स्त्री जाति, शूभ दिशा उत्तर, ब्राह्मण वर्ण, दुइ स्वभावको संज्ञा, जलतात्त्व, राशी स्वामी बृहस्पति ,स्वप्नद्रस्ता, सपना अनुसारको  काम गर्ने, चिन्तनशील, केहि सन्तोषी स्वभाबका हुन्छन। भाद्र महिनामा मिन राशिका जातकहरुलाई जागिरमा अशान्ति ,असन्तुष्टि हुने  परिस्थिति बन्छ । समयमा पुग्ने, आचारसंहिताको पालना गर्ने, पुरा समय काममा खट्नेग र्नुहोस । मिन रशिकै अर्को पाटो जो व्यापार  ब्यबसायमा लाग्नु भएको छ उहाहरुको लागि मध्यम फलदायी महिना रहेको छ ।

 

हवस् त सबै राशिका व्यक्तिहरुलाइ भाद्र महिना मंगल्दायी बनोस। यहाँहरुको दिन शुभ रहोस!

बिशेष जानकारीको लागि  मुरारी  श्री  महाराज : ०१-५२४११६४ , ९८४१८४१६३५ 

ज्योतिष, वास्तु, तन्त्र-मन्त्र, कर्मकाण्ड, तथा अन्य दैविक, धार्मिक, बैदिक कार्यहरुका लागि सम्पर्क गर्नुहोला।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com