२०७७ कात्तिक ५, बुधबार

img-responsive

०७:१३:३९

 

क्यानडाको भ्यानकुभर शहरका नेपाली समुदायमा पनि कोरोना संक्रमण

img-responsive
गोठालो खबर -३ २०७७ भदाै ३, बुधबार,०६:१७:AM  
img-responsive

क्यानडा , ०२ भाद्र, क्यानडाको भ्यान्कुभर शहरका नेपाली समुदायमा पनि कोरोना संक्रमण फैलिएको छ । एक विशेष स्रोतका अनुसार हालसम्म उक्त स्थानमा ५ जनामा  कोरोना संक्रमण भएको हुन सक्ने जनाएको छ ।

"भिक्टोरिया" र  "सरी नगर" जहाँ नेपालीहरुको बढी बसोवास रहेको छ, त्यहाँका नेपाली समुदायहरुलाई कोभिड -१९ संक्रमण फैलिएको र यो स्थानहरु बाहेक नेपालीहरु बस्ने अन्य ठाउँहरुमा पनि कोरोना फैलिएको हुन सक्ने भन्दै नेपाली समुदायलाइ क्यानडा स्थित एन.सी.बि.सी. बोर्डले ईमेल मार्फत औपचारिक जानकारी गराएको छ । एन.सी.बि.सी. बोर्डले नेपाली समुदायहरुलाई ईमेल मार्फत कोरोना संक्रमण बाट सतर्कता गराउनुको साथै आवश्यक मद्दतको लागि जानकारी गराउन र कोरोना संक्रमण फैलन सक्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ ।

साथै क्यानडाको उक्त स्थानहरु हावा पानी र बाताबरणीय दृष्टिकोणले अनुकूल रहेकोले आवश्यक सावधानी अपनाउदा खासै विचलित हुनु नपर्ने र संक्रण फैलन नपाउने स्रोतले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com