नेकपा एमाले निकट भातृ सङ्गठन नेपाल खेलकूद महासंघद्वारा हेटौँडामा प्रदर्शन

मकवानपुर, २८ असार। नेकपा एमाले निकट भातृ सङ्गठन नेपाल खेलकूद महासंघ प्रदेश तथा जिल्ला कमिटीको संयुक्त आयोजनामा हेटौँडाको बुद्ध चोकमा आइतबार प्रदर्शन गरेका छन् ।

प्रदर्शनको सभाध्यक्षता प्रदेश कमिटी सचिव जन्रल श्रेष्ठले गरेका थिए भने नेपाल खेलकुद महासंघमा जिल्ला स्तरीय तथा प्रदेश स्तरीय नेता कार्यकर्ता, राष्ट्रिय युवा संघ र अनेरास्ववियू मकवानपुरका नेताहारुको आतिथ्यता रहेको थियो । राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिका विरुद्ध एकजुट बनौँ ! ताजा जनादेशको पक्षमा जनमत सृजना गरौँ भन्ने मूल नाराका साथ प्रदेश र जिल्लाको संयुक्त आयोजनामा सडकमा खेलाडीहरूको मुटु सङ्गठन उत्रिएको जिल्ला संयोजक सबिन मोक्तानले जनकारी दिए ।

लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन गरी स्थायी सरकारको माग साथै राष्ट्रघाती असंवैधानिक विपक्षी गठबन्धनको कदम विरुद्ध, नेपाल खेलकूद महासंघद्वारा आयोजित “सडकमा खेलाडी”को मूल नाराका साथ केन्द्रीय सर्कुलर अनुसार खेलकर्मीहरूले प्रदर्शन गरेको प्रमुख अतिथि नेपाल खेलकूद महासङ्घका केन्द्रीय उप-महासचिव धर्म बहादुर लामाले स्पष्ट पारेका छन् । राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय सदस्य तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य चन्द्र शाहीले खेलाडी मात्र नभई अब देशका सबै युवा मैदानमा उत्रिनु पर्ने र सरकारको ध्यानाकर्षण गर्नु पर्ने बेला आएको जनाएका छन् ।

अस्थिरताले देशलाई दसौँ वर्ष पछि पारेको र देशको मुहार फेर्न सबै युवा वर्ग अघि बढ्न अनुरोध गरेका छन् । अनेरास्ववियू मकवानपुरका युवा नेता मनिश मान श्रेष्ठले संवैधानिक सर्वोच्चता, दलीय व्यवस्थाको सुनिश्चितता, लोकतन्त्रको रक्षा, निर्वाचनको वातावरण नबिथोल्न तथा निर्दलीयताको वकालत गरिरहेका दलहरूलाई प्रतिगमनको मतियार नबन्नका लागि खबरदारी गराएका छन् ।

Nalgad Municipality


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको