अष्ट्रेलियामा विपी विचार सङ्ग्रह केन्द्रको शाखा

काठमाडौँ, २० साउन । अष्ट्रेलियामा विपी विचार सङ्ग्रह केन्द्रको शाखा गठन भएको छ । शाखाको अध्यक्षमा उज्ज्वल ढकाल, सचिवमा निशा ढकाल, कोषाध्यक्षमा ईश्वर खड्का, सदस्यमा नवीन घले र आविष्कार रिमाल रहनुभएको छ । यो केन्द्र नेपालमा रहेको विपी सङ्ग्रहालयमा आबद्ध हुनेछ ।

शाखा गठनका अवसरमा सङ्ग्रहालयका संस्थापक अध्यक्ष तथा काँग्रेसका नेता परशुराम पोखरेलले कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको चर्चा गर्दै राणाकालीन अवस्थाबाट नेपालीलाई मुक्ति दिलाउने कार्यमा विपीले पु¥याउनुभएको योगदानको चर्चा गर्नुभयो ।

अष्ट्रेलियामा धेरै प्रजातन्त्रवादी नेपाली युवा रहेको अवस्थामा केन्द्रको स्थापनाले विपी विचारको अध्ययन, अनुसन्धानलगायत क्षेत्रमा नयाँ काम हुने विश्वास व्यक्त गर्नुभयो । यसअघि सङ्ग्रहालयका अध्यक्ष तथा काँग्रेस नेता पोखरेलले अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश पोखरेलसित भेट गरी नेपाली समाजको अवस्था, विद्यार्थीले भोग्नु परेको समस्या लगायतका विषयमा छलफल गर्नुभएको थियो ।

Nalgad Municipality


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको