एन प्याब्सनको ध्यानाकर्षण

काठमाडौँ, २० साउन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (नेसनल प्याब्सन) ले आफ्ना पूर्वकेन्द्रीय सदस्य तथा पब्लिक युथ क्याम्पस, धनुषाका सहायक क्याम्पस प्रमुख भूपनारायण झामाथि  आक्रमण भएको भन्दै आपत्ति जनाएको छ ।

यही साउन १७ गते क्याम्पसमा त्रिविअन्तर्गत रहेको तीनवर्षे बिए दोस्रो वर्षको परीक्षा सञ्चालन भइरहेको अवस्थामा केही व्यक्तिहरू प्रवेश गरी उहाँमाथि साङ्घातिक आक्रमण भएको जनाइएको छ । यस प्रकारको साङ्घातिक आक्रमणले क्याम्पसमा परीक्षा दिइरहेका विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा अन्य सम्बद्ध पक्ष आतङ्कित बनेको एन प्याब्सनका अध्यक्ष पाण्डव हमालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

शिक्षा क्षेत्रका कर्मठ सिपाही प्रतिको अप्रत्याशित र अकल्पनीय आक्रमणले सिङ्गो नेसनल प्याब्सनलाई मर्माहत बनाएकाले घटनाको भत्र्सना गर्दै सूक्ष्म अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाई दोषी उपर कडा कारबाही गर्नसमेत एन प्याब्सनले सरकारसमक्ष केन्द्रीय समितिले जोडदार माग गरेको छ ।

Nalgad Municipality


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको