खसान राष्ट्रिय समिति गठन

काठमाडौँ, २० साउन। जनता समाजवादी पार्टी नेपाल खसान राष्ट्रिय समितिको गठन भएको छ। काठमाडौं रहेका देशैभरका नेता/कार्यकर्ताहरूको भेलाले खसान प्रदेश समिति गठन गरेका हुन्।

उपाध्यक्ष बलिराज शाहीको अध्यक्षता,  इन्चार्ज राजन केसीको प्रमुख अतिथ्य, कर्णाली प्रदेश अध्यक्ष देबीकृष्ण न्यौपाने अतिथि तथा प्रदेश मुख्य सचिव चन्द बिक अतिथि रहेको खसानका धेरै नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको उक्त भेलाले आज खसान राष्ट्रिय समितिको गठन गरेको हो।

भेलामा जसपा नेपाल राजनीति समितिका सदस्य एवम् खसान कर्णाली प्रदेश इन्चार्ज राजन केसीले जसपा नेपाल नै दिन दुखी उत्पीडित जनताहरूको साहार भएको बताउनु भयो। राज्य पुनर्संरचना आयोगले १०+१ को अवधारणा अनुसार नै राज्य पुनर्संरचना हुनुपर्ने उहाँको तर्क थियो । उत्पीडित खस र खसानको जनताको पनि अधिकार स्थापित जसपाले गर्ने उहाँले बताउनुभयो।

कर्णाली प्रदेश अध्यक्ष देबीकृष्ण न्यौपानेले उत्पीडित खसहरू र खसानको सवालमा आफू प्रतिबद्ध रहेको बताउनु भयो। कर्णाली प्रदेश मुख्य सचिव चन्द्रकला विकले सुर्खेतमा खसान संग्राहलय निर्माण गर्नुपर्ने भन्दै पुनर्गठित समिति बधाई तथा शुभकामना व्यक्त गर्नु भयो  ।

जुम्लाबाट आउनुभएका बिर्खा नेपालीले जसपाको खसानको अवधारणाको कारण आफू प्रभावित भएर कार्यक्रममा आएको बताउनु भयो।पुनर्गठित समितिको अध्यक्ष भरत कुमार केसीले जसपाको नीति निर्देशनमा रहेर आगामी निर्वाचनमा कर्णालीबाट अत्यधिक मत ल्याउने प्रतिबद्ध व्यक्त गर्नु भयो। कार्यक्रममा राजनीतिक समिति सदस्य पूर्ण बस्नेतको पनि उपस्थित थियो।

भेलाले ५१ सदस्य निम्नानुसार समिति गठन गरेको छ।

अध्यक्ष-भरत कुमार केसीम
उपाध्यक्ष-खगिसरा खत्री
सचिव-अमर काफ्ले
कोषाध्यक्ष-लक्ष्मि सिजापति
सदस्य-रत्नराज एउटी
राजबहादुर भाम
चित्र बहादुर ओली
हस्त बहादुर ओली
शैलेस बुढा
राम प्रसाद शर्मा
भनकला ऐडी
बसन्त खड्का

Nalgad Municipality


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको