हरेराम स्मृति टेबलटेनिस प्रतियोगिता हुने

काठमाडौँ, २० साउन  ।  हरेराम जोशी स्मृति प्रतिष्ठानको आयोजनामा १६औँ हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिता यसै महिना हुने भएको छ ।

यही साउन २७ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा दुई सय ९० पुरुष र ६० महिला खेलाडीको सहभागिता रहने प्रतिष्ठानका महासचिव राजेन्द्र कपालीले जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरुष÷महिला खुला सिङ्गल, विभिन्न उमेरसमूह र भेट्रानमा गरी १० स्पर्धामा खेल हुनेछ । भदौ ७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु पुल्चोकस्थित गड स्पिन टेबलटेनिस एकेडेमीको हलमा हुनेछ ।

Nalgad Municipality


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको