
मस्को, २० साउन । रुसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेवले बिहीबार अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई “दुर्भावनापूर्ण उत्तेजना” भनेका छन् ।
आरआईए नोवोस्तीसँगको अन्तर्वार्तामा मेदभेदेवले संयुक्त राज्य अमेरिकाले एक चीन नीतिको पालना गरेको दाबी गरे पनि विरोधाभाषपूर्ण अभिव्यक्ति दिएको छ जसका उद्देश्यहरू अस्पष्ट छन् ।
मेदभेदेवले यो भ्रमण एशियामा अन्तरराष्ट्रिय सुरक्षालाई कमजोर पार्ने उद्देश्यले जानजान गरिएको गरिएको उक्साहट भएको बताएका छन्। पेलोसीको भ्रमणले यस क्षेत्रको राजनीति र सुरक्षा चासोको सरगर्मी बढेको छ।