पूर्वीय दर्शनमा आधारित मानवतावादले विश्व राजनीतिलाई नयाँ दिशानिर्देश गर्नेछ – अध्यक्ष गौतम

काठमाडौं, २० साउन। पुनर्जागरण पार्टीको केन्द्रीय समितिलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष श्याम बाबु गौतमले पूर्वीय दर्शनमा आधारित मानवतावादले विश्व राजनीतिलाई दिशानिर्देश गर्ने सामर्थ्य राख्ने धारणा राखेका छन् । पुनर्जागरण पार्टीले पूर्वीय दर्शनमा आधारित मानवतावादलाई मार्ग निर्देशक सिद्धान्तको रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष र महामन्त्रीले पूर्वीय दर्शनमा आधारित मानवतावादलाई व्याख्या विश्लेषण गरेर दस्ताबेज निर्माण गर्नेछन् । पुनर्जागरण पार्टीको केन्द्रीय समिति बैठक १९ गतेदेखि काठमाडौंमा शुरु भएर आज शुक्रबार सकिदैछ । पार्टीले शनिवार पत्रकार सम्मेलन गर्दैछ ।

पुनर्जागरण पार्टीको अध्यक्ष श्याम बाबु गौतम , महामन्त्री रवि किरण हमाल र प्रवक्ता सदिक्षा केसि चुनिएका छन् । २१ सदस्यीय केन्द्रीय समितिमा ५० प्रतिशत भन्दा बढी महिला छन् ।

Nalgad Municipality


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको