कविता: पर्यावरण जोगाऔँ

पर्यावरण जोगाऔँ

चाहिन्छ स्वच्छ  हावापानी, जीवन जिउनलाई,
जोगाउन वातावरण, नछुटाउँ कसैलाई ।।१।।

खाली नराखौँ रोपौँ बिरुवा, कन्दरा पहाडलाई,
प्राणको धन हरियो बन, थाहै छ सबैलाई ।। २ ।।

जाँदछ पहिरो त्यहीँ अति, नाङ्गो छ पहाड जहाँ,
जङ्गल रुख हुनेछ जहाँ, जमिन बग्छ कहाँ ।।३।।

श्रोत पानीको भूमि रसिलो, हराभरा छ जहाँ,
हुन्न खडेरी माटो मलिलो,उब्जाउ हुने त्यहाँ ।।४।।

हुँदैछ दोहन विकासे नाम्मा छ बिग्रँदो प्रकृति,
खोलामा ढल सिमेण्टी जङ्गल, बढ्दो छ दुर्गति ।।५।।

कल्कारखाना मोटर गाडी, आणविक भट्टी झन्,
उर्जाका कारण निक्लने धुवाँ, बायु प्रदूषण ।।६।।

धर्तीमा दिन्दिन प्रदूषणले, बाक्लिँदो छ ओजन,
छाती र दम रोगीका संख्या, बढ्दो छ झन्झन् ।।७।।

छाडौँ प्रयोग  प्लाष्टिक्का झोला, घर अनि भान्छामा,
विद्युत् गाडी चुलो इण्डक्सन्, ल्याउँ है प्रयोगमा ।।८।।

गरौँ प्रयोग कम्पोष्ट मलको, खेत र बारीमा,
नसड्ने फोहोर राखौँ अलग, नमिसाउँ गल्नेमा ।।९।।

बिरुवा रोप्ने बानी बसालौँ, बण्झड जमिनमा,
फोहोर ढल कहिल्यै पनि, नमिसाउँ नदीमा ।।१०।।

सुग्घर सफा सबैले राखौँ, आँगन अनि चोकमा,
योगदान हाम्रो हुनेछ ठूलो, पर्यावरणमा ।।११।।

Nalgad Municipality


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको