कविता राईद्वारा लिखित उपन्यास “गुरु” माथि भोजपुरमा परिचर्चा

भोजपुर, ७ साउन। भोजपुरमा अघिल्लो वर्षको राष्ट्रिय कविता प्रतियोगिताकी विजेता कविता राईको उपन्यास “गुरु”को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । शनिवार त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न परिचर्चा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङ, षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदास, भोजपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भुलानाथ राई तथा साहित्यकारहरूको बाक्लो उपस्थितिमा सम्पन्न भएको हो ।

कार्यक्रममा षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदासले कविता राईको ‘गुरू’ उपन्यासलाई शुभकामना दिँदै आगामी दिनमा समेत उहाँको रचनाले नेपालको साहित्यमा नयाँ आयाम थप्ने धारणा व्यक्त गरे।  गुरुको महत्व घट्दै गएको अहिलेको अवस्थामा उक्त उपन्यासले गुरुको महत्व बढाएको उहाँको तर्क थियो।

‘गुरु’ उपन्यास माथि साहित्यकार शरण खत्री मृदुल, अमृका ताम्राकार कमला प्रधान र प्राध्यापक कमलजङ राईले परिचर्चा गरेको थिए । गुरु उपन्यास माथि परिचर्चा गदै साहित्यकार अमृका ताम्राकारले यसभित्र समसामयिक गाउँले यथार्थलाई जस्ताको तस्तै सरल भाषामा खुलाएको बताए । त्यस्तै अर्का वक्ताका रूपमा बोल्दै प्राध्यापक कमलजङ राईले यस उपन्यासको नामकरण त्यति आफूलाई चाख नलागेपनि कथा बस्तुले भने आत्मा छोएको र सामाजिक रूपान्तरणमा यस कृतिले ठुलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै कवयित्री तथा उपन्यासकार कविता राईले आफू विविध कारणबस कुनै समय साहित्यकर्मीबाट गुमनाम रहेकोबेला पनि सञ्चाकर्मीहरुले आफूलाई प्रोत्साहन गदै अगाडी उभ्याएको कारण साहित्य लेखनमा फर्किएको र यो स्थानसम्म आइपुगेको बताइन् ।

गतवर्ष चैत्र २३ गते विमोचन गरिएको उपन्यास “गुरु” को विक्रिवितरण समेत गरिएको थियो । यस अघि भानु जयन्तीको अवसरमा त्रिवेणी साहित्य प्रतिष्ठानले कथाकार दिलीप बान्तवाको कथा सङ्ग्रह ताल्चाको परिचर्चा गरिसकेको प्रतिष्ठानका अध्यक्ष सुवास विभासले बताए ।
नेपालमा ख्याति प्राप्त साहित्यकारहरूको जन्मभूमि मानिने भोजपुरमा केहीवर्ष साहित्यिक माहौल सुस्त थियो । तर पछिल्लो समय भने साहित्य बाचन र कृतीमाथि परिचर्चा कार्यक्रमहरू सदरमुकाममा हुन थालेकाछन् ।

सोहि कार्यक्रममा भोजपुर प्रतिभा पुरस्कारको अक्षय कोषमा योगदान पुर्याउनु हुने अक्षयकोष दाताहरु: मिलन भण्डारी, सुमित्रा सिवा, कमल थुलुङ, घमचन्द्र दाहाल, मौसम फुईयाँल लगायतलाई कदरपत्र प्रदान गरिएको थियो। उक्त कार्यक्रममा भुमि कुमार नेपाल, कविता राई, संजय राना, बिष्णु प्रसाद अधिकारी लगायतले अक्षयकोषमा रकम जम्मा गर्ने घोषणा गरेका थिए। कार्यक्रममा ‘आमा र जून’ कविता सङ्ग्रह, ‘गुरु’ उपन्यासका सर्जक तथा राष्ट्रिय कविता महोत्सव २०७८ का प्रथम विजेता कविता राईलाई सम्मन गरिएको थियो।

‘गुरु’ उपन्यासको परिचर्चा कार्यक्रममा स्वागत मन्तव्य संग्राम राईले गरेका थिए भने कार्यक्रमको संचालन घमचन्द्र दाहालले गरेका थिए ।

Nalgad Municipality


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको