सहकारी सङ्घ/संस्थामा कोषको बाँडफाँड

सहकारी सङ्घ/संस्थामा कोषको बाँडफाँड

सहकारी संस्थाको संवेदनशील विषय भनेको आर्थिक व्यवस्थापन हो । सहकारी संस्थामा विभिन्न माध्यमबाट प्राप्त भएको रकमलाई सही ढङ्गले उपयोग गरी सोबाट प्राप्त हुने मुनाफालाई विभिन्न कोषहरूमा बाँडफाँड गर्ने काम नै कोषको बाँडफाँड हो ।

सहकारी संस्थामा निम्न तरीकाबाट रकम प्राप्त हुन्छ:

  • शेयर बिक्रीबाट
  • बचतको रूपमा
  • ऋणको रूपमा
  •  नेपाल सरकारबाट प्राप्त अनुदान
  • विदेशी सरकार वा अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट प्राप्त अनुदान (विदेशबाट प्राप्त गर्न अर्थ मन्त्रालयको स्वीकृत लिनु पर्दछ)
  • व्यावसायिक कार्यबाट आर्जित
  • सदस्यता प्रवेश शुल्क

सहकारी ऐन २०७४ र नियमावली २०७५ अनुसार सहकारी संस्थामा निम्न लिखित कोषहरू हुन्छन्।

अनिवार्य रूपमा रहनुपर्ने कोष

  •  जगेडा कोष
  •  सहकारी प्रवर्धन कोष
  •  संरक्षित पुँजी फिर्ता कोष

अन्य कोष (सहकारी संस्थाको विनियमअनुसार )

  •  शेयर लाभांश कोष
  •  कर्मचारी बोनस कोष
  •  सहकारी शिक्षा कोष
  •  सहकारी विकास कोष
  •  घाटा पूर्ति कोष आदि

सहकारी सङ्घ संस्थाहरूमा शुद्ध मुनाफा बितरण सम्बन्धी मापदण्ड

जगेडा कोष

  • सहकारी ऐन, २०७४ बमोजिम खुद मुनाफा रकमको बितरण गर्दा संस्था वा सङ्घको कुनै वर्षको खुद बचतको घटीमा  २५ प्रतिशत (एक चौथाई) रकम जगेडा कोषमा जम्मा गर्ने ।

जगेडा कोष= खुद मुनाफा× २५ (जगेडा कोषमा लगिने प्रतिशत)
                                      १००

मुनाफाबाट बाहेक जगेडा कोषमा निम्न तरीकाबाट पनि रकम प्राप्त हुन्छ

  • नगद/बैङ्क मार्फत पुँजीगत अनुदान उपलब्ध भएमा त्यस्तो सम्पत्ति वा अन्य सम्पत्ति सामान वा रकम
  • संस्थाको कुनै सम्पत्ति सामानको लिलामी वा विक्री गर्दा  किताबी मूल्य भन्दा बढी रकम प्राप्त हुन आएमा बढी हुन आएको रकम।
  • संस्थाको आफ्नै भवन निर्माण, जग्गा खरिद, सदस्यहरूको व्यवसाय विस्तारको कार्य वा सदस्यको उत्पादन प्रशोधन उपकरण वा सवारी साधन तथा ढुवानी व्यवस्थाको उपकरणका लागि अनुदान प्राप्त भएमा सोलाई संस्थाको व्यावसायिक प्रयोजनार्थ उपयोग भएको मानी जगेडा कोषमा र संस्थाको सम्बन्धित सम्पत्ति खाताहरूमा अभिलेख गर्नु पर्दछ ।
  • कुनै आ।व मा कुनै व्यक्ति, संस्था वा निकायले प्रशासनिक अनुदान बापत रकम उपलब्ध गराकोमा त्यस्तो  रकम सोही आ। व। मा सबै खर्च नभई बाँकी रहन गएमा जगेडा कोषमा सार्नु पर्दछ । यस्तो नगरिएमा प्रशासनिक अनुदान रकमले संस्थाको आम्दानीलाई बढाइ आयगत आम्दानी रकम प्रभावित हुन जान्छ र संस्थाको आर्थिक अवस्थाको यथार्थ चित्रण हुँदैन ।

सहकारी प्रवर्धन कोष

  • सहकारी संस्थामा एक सहकारी प्रवर्धन कोष रहनेछ ।
  •  जगेडा कोषमा रकम छुटयाईसकेपछि बाँकी रहेको रकमको शून्य दशमलव पाँच प्रतिशत (०.५) रकम कोषमा वार्षिक रूपमा जम्मा गर्नु पर्नेछ ।
  • सो कोषको रकम सहकारी तथा गरिबी निवारण मन्त्रालयमा रहने छ ।
  • मन्त्रालयले वार्षिक बजेट मार्फत उक्त कोषमा आवश्यक रकम उपलब्ध गराउने छ ।
  • सं.प्र कोष=जगेडा कोष पछिको रकम×०.५ प्रतिशत

                                           १००

एकीकृत भएको कोषको रकमको बाँडफाँड

  • राष्ट्रिय सहकारी महासङ्घलाई जम्मा स्रोतको ३० प्रतिशत
  • केन्द्रीय विषयगत सहकारी सङ्घलाई  २५ प्रतिशत
  • प्रदेश सहकारी सङ्घहरूलाई जम्मा स्रोतको  १० प्रतिशत
  • प्रदेश विषयगत सङ्घहरूलाई जम्मा स्रोतको १० प्रतिशत
  • जिल्ला सहकारी सङ्घलाई १५ प्रतिशत
  •  जिल्ला विषयगत सहकारी सङ्घलाई १० प्रतिशत
  • किन्द्रीय विषयगत सहकारी संघवीच बाँडफाँड गर्दा सङ्घको सदस्य संख्या, वार्षिक कारोबार र कोषमा गरेका योगदान
  • सङ्घलाई प्राप्त भएको रकमको कम्तीमा ७५ प्रतिशत रकम समितिले तोके बमोजिम९सहकारी व्यवसायको पूर्वाधार लगानी० र अन्य रकम व्यवसाय प्रवर्धन,संस्था वा सङ्घको अनुगमनमा खर्च गर्नु पर्नेछ ।

संरक्षित पुँजी फिर्ता कोष

  • सहकारी संस्थामा अनिवार्य रूपमा एक संरक्षित पुँजी फिर्ता कोष रहनेछ ।
  • जगेडा कोषमा रकम छुटयाई सकेपछि बाँकी रहेको रकमलाई सत प्रतिशत मानी कम्तीमा २५ प्रतिशत रकम यस कोषमा जम्मा गर्नुपर्दछ ।
  • प्रत्येक आव. मा संरक्षित पूँजीकोष बापतको रकम वार्षिक आर्थिक कारोबारको आधारमा सम्बन्धित सदस्यहरूलाई अनिवार्य रूपमा बितरण गर्नु पर्दछ ।
  • सं.पु.कोष . ज.को. पछिको खुद बचत रु. ×सं.पु.कोे. प्रतिशत
                                          १००
  • प्रति सदस्य सं.पुँ.कोष =कुल सं. पुँजी.कोष × सम्बन्धित सदस्यको कुल वार्षिक कारोबार/संस्थाको कुल वार्षिक कारोबार रकम

गैर सदस्यको आर्थिक कारोबारको अंशबापत संरक्षित कोषमा रहने रकम संस्थाले सदस्यलाई बितरण गर्ने वा संस्थाको जगेडा कोष वा अन्य कोषमा राखी प्रयोग गर्नु हुँदैन ।

  • यस्तो रकम गैर सदस्यहरूलाई नै उनीहरू बसोबास गरेको कार्य क्षेत्रमा उनीहरू कै हित वा प्रवर्द्धनका शिक्षा, तालिम, सूचनामूलक कार्य वा सामाजिक कार्यमा लगानी गर्नु पर्दछ,

वितरणको आधार

१. उत्पादक संस्थाको हकमा
सदस्यले संस्थालाई बिक्री गरेको उपजको खरिद मूल्य
२. वित्तीय संस्थामा
सदस्यले जम्मा गरेको बचतको लागि ४० प्रतिशत तथा लिएको ऋण रकममा तिरेको व्याजको लागि ६० प्रतिशत
३. उपभोक्ता सम्बन्धी संस्थामा
सदस्यले संस्थासँग खरिद गरेको बस्तु वा सेवाको मूल्य
४. श्रमिक सम्बन्धी संस्थामा
सदस्यले संस्थाबाट प्राप्त गरेको ज्यालामा
५. बहुउद्देश्यीय संस्थामा
माथि उल्लेखित सबै

अबका कोषको बाँडफाँट (सहकारी संस्थाको विनियमअनुसार हुन्छ)
क) शेयर लाभांश कोष
ख) कर्मचारी बोनस कोष
ग) सहकारी शिक्षा कोष
घ) सहकारी विकास कोष
ङ) घाटा पुर्ति कोष

कोषमा रकम बाँडफाँड गर्दा घटीमा ५ प्रतिशत रकमका दरले छुटाउनु पर्नेछ ।

शेयर लाभांश कोष

  •  शेयर लाभांश कोषमा खुद बचत (शुद्ध मुनाफा)बाट विनियम उल्लेख भएबमोजिम बाँडफाँड गर्ने ।
  • शेयर लाभांश बापतको रकम कुल शेयर पुँजी (व्यक्तिगत शेयर पुँजी समेत ) को १८% सम्म बाँड्न सकिन्छ ।
    शेयर लाभांश कोष =(ज.,स.पु.,स., प्र.(कोष पछिको खुद बचत रु. × शे.ला.कोे प्रतिशत)
                                          १००
    प्रति शेयर लाभांश /जम्मा शेयर लाभांश
    सम्बन्धित आवको कुल शेयर संख्या
  • सदस्यलाई १८% शेयर लाभांश बितरण पश्चात् कोषमा बाँकी रहेको कुनै रकम भएमा त्यस्तो सबै रकम तत्काल जगेडा कोषमा लग्नु पर्दछ ।
  • शेयर लाभांश बितरण गर्दा सोही आर्थिक वर्षमा सदस्य वनेको वा सदस्यता त्यागेको भएमा प्रति शेयर लाभांश बापत वार्षिक रकम यकिन गरी वर्षलाई ३६५ दिनमा परिणत गरी जति रकम जति दिनसम्म शेयर पुँजीबापत रहेको हो सो को दिनगन्तिले हुन आउने बराबरको रकम शेयर लाभांशबापत सम्बन्धित सदस्यलाई दिनु पर्दछ ।

कर्मचारी बोनस कोष:

  • सहकारी सङ्घ संस्थाहरूको खुद बचत वृद्धिमा कर्मचारीहरूको समेत योगदान रहने भएकाले कर्मचारीहरुलाई उनीहरुको योगदानको कदर गर्न, मूल्यांकनगर्न र थप उत्प्रेरित बनाउन आवश्यक छ ।

कर्मचारी बोनस कोष =(ज.,स.पु.,स. प्र.) कोष पछिको रकम×कर्मचारी बोनस कोष प्रतिशत
                                       १००
खास कर्मचारी बोनस=कर्मचारी बोनस कोषको जम्मा रु.× सम्बन्धित कर्मचारीको खाइपाई आएको तलब र ग्रेड रु. /व्यवस्थापकलगायत सम्पूर्ण कर्मचारीहरूको खाइपाई आएको तलब र ग्रेडको जम्मा रकम रु.

  • अधिकतम रूपमा तीन महिना बराबरको सम्बन्धित पदले खाइपाइ आएको तलब स्केल र ग्रेड रकमको कुल योग बराबरको रकम बितरण गर्न सकिनेछ  ।
  • कर्मचारी बोनस कोषमा बितरण गरी सकेपछि पनि उक्त कोषमा रकम बाँकी रहन गएमा त्यस्तो बाँकी सबै रकम सोही आर्थिक वर्षमा तत्काल जगेडा कोषमा लैजानु पर्दछ ।

सहकारी शिक्षा कोष

  • सञ्चालक, कर्मचारी एवं सदस्यहरूको शिक्षा, तालिम, सूचनाका क्षेत्रमा तथा सहकारी संस्थाको क्षमता विकास र सदस्यहरूलाई सेवा विस्तार गर्ने कार्यमा कार्यक्रम बनाई कोषबाटै खर्च गर्नु पर्दछ र सो को लेखा अभिलेख गर्नु पर्दछ ।
  • सहकारी शिक्षा कोष=(ज.,स.पु.,स. प्र.) कोष पछिको खुद बचत रु. × स.शिु.कोष प्रतिशत)
                                                               १००
    सहकारी विकास कोष
  • सहकारी विकास कोष =(ज.,स.पु.,स. प्र.) कोष पछिको खुद बचत रु. × स.वि.कोष प्रतिशत)
                                                                  १००
    घाटा पूर्ति कोष
  • हरेक वर्ष मुनाफारबचत हुँदाका वर्षहरूमा जम्मा हुने निश्चित रकम कुनै वर्ष संस्था नोक्सानीमा गएमा घाटा पूर्ति कोषलाई डेबिट गरी अन्य सम्पत्ति हिसाब अन्तर्गतको नोक्सान खातालाई क्रेडिट गरी हिसाब मिलान गर्नु पर्दछ
  • घाटा पूर्ति कोष =(ज.,स.पु.,स. प्र.) कोष पछिको खुद बचत रु. × घा.पु.कोष प्रतिशत)

                                                                 १००
अन्य कोष

सहकारी संस्थाको आवश्यकताका आधारमा विनियम व्यवस्था गरेर अन्य कोषको व्यवस्था गर्न सकिनेछ

सन्दर्भ सामाग्री
सहकारी ऐन २०७७
सहकारी नियमावली २०७५

Nalgad Municipality


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको