नवलपरासीको सुनवलमा दोस्रो लोकसांस्कृतिक एवं पर्यटन महोत्सव हुने

परासी, २० असार । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा नवलपरासीको आयोजनामा  दोस्रो  लोक सांस्कृतिक एवं पर्यटन महोत्सव२०७९ हुने भएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको वडा नं.  १३ स्थित सुरन्दरबस्तीमा बडेरा यही असार २३ गतेदेखि श्रवण ५ गतेसम्म  दोस्रो  लोक सांस्कृतिक एवं पर्यटन महोत्सव  संचालन हुन लागेको हो ।

लोक दोहोरी संरक्षण जसमध्ये पुराना लोकभाकाहरुको संरक्षण सहित हस्तान्तरण गरी मौलिक भाकाहरू हराउन नदिन साथै नेपाली  लोक कला संस्कृतिको संरक्षण, संवर्द्धनका लागि र नवलपरासी जिल्ला भित्रका पर्यटकीय स्थलहरूको प्रचार प्रसारका लागि महोत्सव आयोजना गरिएको आज पत्रकार सम्मेलन आयोजना गरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान महोत्सवका अध्यक्ष भरत क्षेत्रीले जानकारी दिए ।

महोत्सव अवधिभर विभिन्न जात जाति भाषा सांस्कृतिक मौलिकता झल्किने खालका सांस्कृतिक कार्यक्रम हरेक दिन एक एक प्रदर्शन गर्न प्रस्तुत गरिने  अध्यक्ष क्षेत्री बताए ।

महोत्सवमा मौलिक लोक दोहोरी गीत प्रतियोगिता ,र राष्ट्रिय ख्याति प्राप्त कलाकारहरूको बेजोड प्रस्तुती रहने अध्यक्ष क्षेत्रीले बताए । महोत्सवमा ५० भन्दा बढी स्टलहरू रहने साथै बालउद्याम लगायत रमाइलो मेला रहने  क्षेत्रीले जानकारी दिए । महोत्सवमा दैनिक उपभोग्य बस्तु होटल रेष्टुरेन्ट लगायतको स्टल रहने आयोजकले जनाएको छ ।

मेलमा ३० हजारदेखि ४० हजार दर्शकहरूले अवलोकन गर्ने दाबी गरेको छ । महोत्सवमा ३० लाख खर्च लाग्ने छ भने यस महोत्सवबाट ३२ लाख आम्दानी हुने यसको आम्दानीबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा नवलपरासीको कार्यालय भवन निर्माण गरिने अध्यक्ष क्षेत्री बताए ।

महोत्सवमा जेष्ठ नागरिकको परिचयपत्रको आधारमा निःशुल्क प्रवेश गर्न पाउने र विद्यार्थीको हकमा टिकटको रकम ३० प्रतिशत छुट व्यवस्था मिलाइएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा नवलपरासीका सचिव भूपराज न्यौपाने जानकारी दिए ।

Nalgad Municipality


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको