देउडा गीत ‘यो मुटु छुन लाग्यो’ सार्वजनिक

बैतडी, १९ असार  ‘यो मुटु छुन लाग्यो’ बोलको देउडा गीत सार्वजनिक भएको छ । चर्चित देउडा कलाकार तथा सर्जक माधव विष्ट कैलाश को उक्त देउडा गीत सार्वजनिक भएको हो । गीतका परिकल्पनाकार आफैँ रहनुभएका विष्टले कथा, लय तथा शब्द पनि आफैँले कोर्नुभएको छ । यस्तै गीतमा चर्चित कलाकार भुवन प्रकाश बडूको ऐरेञ्ज तथा भरत भट्ट र गौरी भट्टले आवाज दिनुभएको छ ।

उक्त गीतको भिडियोलाई सङ्गीत विकल्पले निर्देशन गर्नुभएको हो भने अमन बडूले छायाङ्कन गर्नुभएको छ । मनोज डङ्गोलले रेकर्ड तथा मिक्सिङ गर्नुभएको छ । गीतमा सर्जक विष्ट, आशा शाही, भुवन बडू र टेक ऐरले अभिनय गर्नुभएको छ ।

‘घर छैन आँसुको’, ‘सुदूरपश्चिम स्वर्गसरी’, ‘जन्म्याभूमि फर्केर आइग्यु दोगडाकेदार’, ‘न्याउली’ जस्ता दजनौँ गीतको सिर्जना गरिसक्नुभएका विष्टले यो गीत पनि फरकपनका साथ तयार पारिएको बताउनुभएको छ । पछिल्लो समय टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण सम्बन्धमा आउने उतार चढाव, मिलन, विछोडलाई गीतमार्फत प्रस्तुत गरिएको सर्जक विष्टको भनाइ छ ।

 

Nalgad Municipality


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको